जेठ २६, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गरेका...
चैत १८, २०७९
मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा क्षेत्र विभिन्न कारणले रिक्त भएपछि आगामी वैशाख १० गते हुने ३ निर्वाचन क्षेत्रको उपनिर्वाचन महाभिडन्त हुने भएको छ ।
नियमित चुनावको ५ महिनामा अर्थात् वैशाख १० गते देशका विभिन्न ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन पेचिलो बन्ने देखिएको हो ।
नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ १, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा २ र नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद खारेज भएको चितवन २ मा हुने उपनिर्वाचनमा महाभिडन्त हुने भएको छ ।
कांग्रेस र सत्ता गठबन्धनलाई आफ्नो प्रभुत्व स्थापित रहेको देखाउनुपर्ने अवस्थामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो जनलहर नघटेको र सभापति रवि लामिछाने अझै लोकप्रिय रहेको देखाउने दाउमा छ । तराई मधेश केन्द्रित जसपाका नेता उपेन्द्र यादव जसरी पनि सत्तामा पुग्नुपर्ने र जसरी पनि उनलाई रोक्ने गरी जनमत र लोसपालो बारा २ मा उम्मेदवार उठाउने भएपछि उपनिर्वाचनको दृश्य थप रोचक बन्न लागेको छ ।
यी ३ वटै निर्वाचनमा दलले उठाउने उम्मेदवार सार्वजनिक जीवनमा चर्चा बटुलेका र हेभिवेट भएको भएकाले पनि उपनिर्वाचन साँच्चै महाभिडन्तउन्मुख देखिएको छ । बलियो प्रतिपक्षी एमालेले उम्मेदवार घोषणा गर्नु पूर्व नै ३ वटै क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने देखिएको थियो । एमालेले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल र चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेले पनि चर्चित पात्रविरुद्ध चर्चित नै अनुहार उठाउने पक्का गरेसँगै वैशाख १० गते हुने उपनिर्वाचन थप रोचक र प्रतिस्पर्धायुक्त बन्ने देखिन्छ ।
चैत २० गते उम्मेदवारी मनोनयन गर्नु पूर्व नै यी क्षेत्रको भाबी प्रतिस्पर्धालाई लिएर अनेक अड्कलबाजी हुन थालेका छन् ।
चितवन २ युवा नेताबीच भिडन्त
चितवन २ मा यसअघि नै जितेका रवि लामिछानेविरुद्ध कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रतिस्पर्धामा उभिएका छन् । एमालेले युवा नेता न्यौपानेलाई अघि सारेको छ । यसै त्रिपक्षीय भिडन्तको प्रतिस्पर्धाले उपनिर्वाचनको माहोल थप तताउने भएको हो ।
मंसिर ४ गते देशका १६५ निर्वाचनमा क्षेत्रमध्ये चितवन २ मा रवि लामिछानेले सबैभन्दा फराकिलो जीत हात पारेका थिए । टेलिभिजन प्रस्तोता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर चुनावी मैदानमा होमिएका उनले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारे । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा परम्परागत प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
नागरिकता प्रकरणमा सांसद पद नै खारेज भएपछि पुनः नागरिकता प्राप्त गरेपछि लामिछाने फेरि यहीँ क्षेत्रबाट उम्मेदवार बनेका छन् । कांग्रेसले उद्यमी उमेश श्रेष्ठलाई नउठाई भूगोलमै राजनीतिक गरेका युवा नेता जीतनारायणलाई उम्मेदवार बनाएर प्रतिस्पर्धालाई पेचिलो बनाउने तयारी गरेको छ ।
एमालेका पुराना प्रतिस्पर्धी र भूगोलमा चर्चित कृष्णभक्त पोखरेलले यसपटक उम्मेदवार बन्ने इच्छा देखाएनन् । रवि, जीतनारायण जस्तै एमालेले पनि विकल्पमा युवा नेता न्यौपानेलाई अघि सारेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको हो । सत्ता गठबन्धनलाई जसरी पनि परास्त गर्ने संकल्प लिएका एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रमा उम्मेदवारमा ‘सरप्राइज’ दिनसक्ने आकलन थियो । ओलीले युवा नेताविरुद्ध युवा नेतालाई भरोसा गरेर टिकट टुंग्याएका हुन् ।
प्रतिशोध र हेभिवेटले चर्चामा बारा २
जसपा अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते सप्तरीमा जनमत पार्टीका सीके राउतसँग पराजय व्यहोरेपछि उनी जसरी पनि फेरि सांसद बन्ने धुनमा छन् । त्यसैले बारा २ बाट जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचन लड्ने तयारीमा छन् उनी ।
यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नमज्जाले पराजित हुन पुगेका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने मात्र १६ हजार ९७९ मत ल्याएका थिए । उनी १८ हजार ६३ मतान्तरले पराजित भएका थिए ।
आफूलाई हराएका यादव बारामा पुगेर निर्वाचन लड्ने तयारी गरेपछि जनमतले पनि माओवादीका शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने तयारी गरेको छ । लोसपाका नेता राजेन्द्र महतो पनि उपेन्द्रसँग भिड्न बारा २ बाट उम्मेदवार बन्दैछन् । यी हेभिवेटको भीडमा रास्वपाले पूर्व डीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेपछि यो क्षेत्रमा झन् महाभिडन्त नै हुने देखिएको छ । एमालेले कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन ।
यादवको उम्मेदवारीपछि कांग्रेस, माओवादी, नेकपा एसले उनैलाई समर्थन गरेर उम्मेदवारी नदिने तयारी गरेका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गरे पनि जनमत र लोसपा दुवैले उम्मेदवार उठाउने भएका छन् ।
यस्तो थियो बारा २ को अंकगणित
बारा २ मा जसपाका रामसहायले साँघुरो मतान्तरले जितेका थिए । राय १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।
रामसहाय ३५४ मतान्तरले जितेका थिए । नेकपा एमालेले जसपा तथा कांग्रेस र नेकपा एसले माओवादीका उम्मेदवारलाई समर्थन गरेका थिए तर यसपटक उम्मेदवार, समीकरण फेरिएपछि प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
बारा २ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गरेका थिए । अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत प्राप्त गरेका थिए । स्वतन्त्रबाट उठेका नेताले नै धेरै मत ल्याएकाले यहाँको अंकगणित फेरि पनि रोचक हुने देखिएको छ ।
जसरी पनि सांसद बन्ने अभिलाषमा रहेका उपेन्द्र यादले जनमतका कुशवाहा, लोसपाका राजेन्द्र महतो, रास्वपाका रमेश खरेल र एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । मंसिर ४ गते जनमतका उम्मेदवार राजेश साहले २ हजार ७२५ मत पाएका थिए ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ बाट को बन्लान् सांसद ?
तनहुँ १ मा कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ तर उनी उम्मेदवार बनेकै दिन कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ । एमालेबाट पूर्व आईजीपी सवेन्द्र खनाल पनि जिल्लाबाट सिफारिसमा परेपछि शनिबार एमालेको आधिकारिक उम्मेदवार तय भएका छन् । यसैले रामचन्द्र पौडेल निर्वाचित भएको यो क्षेत्रमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसका युवा नेता भट्टराई, आर्थिक विज्ञ वाग्ले र पूर्व आईजिपी खनालविरुद्ध रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेस नेता पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । पौडेलको मतान्तर ५ हजार ३८० थियो ।
तनहुँ १ मा स्वतन्त्रबाट कांग्रेसकै पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गरेका...
सर्वोच्च अदालतले १० वर्षे सशस्त्र युद्धको समयमा बाल सेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ...
निर्वाचन आयोगका जिल्ला कार्यालय जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तारूढ दलहरूले नै असन्तुष्टि जनाएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज ग...
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिवार) कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ...
मौसम पूर्वानुमान महाशाखाले देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएकाले तातो हावा, लू चल्ने जनाएको छ । शनिवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखा...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विष...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...