×

NMB BANK
NIC ASIA

रास्वपाको पत्रकार सम्मेलन

रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुन्छः रवि लामिछाने

चैत १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले  चाँडै नै रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुने दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

‘कयौँ क्षमतावान व्यक्तिहरु यस पार्टीको माध्यमबाट देशको सेवा गर्न तयार भएर बस्नुभएको छ।  निर्वाचनसँगै तपाईँहरुले प्राप्त गर्नुहुने छ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो जनाउ घण्टीमात्रै भएको भन्दै त्यसकै सुरुवातमा आज स्वर्णिम वाग्ले र रमेश खरेल साथमा रहेको बताए ।  


Advertisment
Nabil box
Kumari

उनले देशमा सुन्दर भविष्य नभएर तथा अवसर नपाएकै कारण विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यो अवस्थाको अन्त्य गर्न पार्टी लागिपर्ने बताए । ‘क्षमतावानलाई राजनीतिमा ल्याएर सुन्दर भविष्य कोर्न सकिन्छ’, उनले भने, ‘हामी अन्तिम क्षमता भएका मान्छे होइनौँ तर  म कहाँ गएर विज्ञता प्रस्तुत गरौँ भन्नेका लागि  प्रेरणा बन्न सकियोस् भन्ने चाहना छ ।’

Vianet communication
Laxmi Bank

उनले विश्वास गरेर आफूले आर्जन गरेको नाम र प्रतिष्ठा पार्टीसँग जोडेर साथ दिएकोमा वाग्ले र खरेललाई धन्यवाद पनि दिए । ‘तपाईँहरुले हुर्कँदै गरेको पुस्तालाई भरोसा दिने काम गर्नुभएको छ । समाजमा निराशाको बादल छाएको ठाउँमा आशाको किरण बालिदिनु भएको छ’, वाग्ले र खरेलको प्रशंसा गर्दै लामिछानेले भने, ‘यो मुलुक र ठाउँलाई आशाको किरण झल्काउनुभएको छ । आउँदै गरेको पुस्ताले गुन सम्झिनेछ ।’

उनले भविष्यमा हामीले बहुमत र दुई तिहाइको सरकार बनाउने र घुसखोरलाई तह लगाउने पनि उद्‍घोष गरे । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x