
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको छ ।
युरो १ को खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।
