२१ असार २०८३, आइतबार

आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाउने दौडमा केजरीवाल, के छ प्रावधान ?

चैत २४, २०७९
आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाउने दौडमा केजरीवाल, के छ प्रावधान ?

भारतको राजधानी नयाँदिल्लीबाट उदाएर संसारभर चर्चा कमाएको आम आदमी पार्टी (आप) यतिबेला राष्ट्रिय दलको मान्यता पाउने दौडमा छ ।

पार्टीका संयोजक अरविन्द केजरीवालले आपको स्थिति सुधार्न अनेक प्रयास गरिरहेका छन् । यतिबेला नयाँदिल्ली र पञ्जाब राज्यमा आपको सरकार छ ।

केही महिनाअघि गुजरातमा पनि सरकार बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको आपले अपेक्षाकृत नतिजा पाउन सकेन । गुजरात राज्य विधानसभा चुनावको नतिजा आएपछि आप राष्ट्रिय दल बनेको चर्चा चलेको थियो तर चुनाव आयोगले उसलाई राष्ट्रिय दलको मान्यता नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आपले क्षेत्रीय दलको छविबाट माथि उठेर राष्ट्रिय दल बन्न चाहेको छ । गुजरात चुनावपछि पनि आयोगले मान्यता नदिएपछि आपले कर्नाटक उच्च अदालतमा रिट दायर गरेको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले १३ अप्रिलसम्म निर्णय लिन आयोगलाई समय दिएको छ । अदालतले दिएको समय पूरा हुन अब ६ दिन बाँकी छन् ।

आप नेता सञ्जय सिंहले भारतीय जनता पार्टी (बीजेपी) को इशारामा आयोगले आपलाई राष्ट्रिय दलको मान्यता नदिएको आरोप लगाएका छन् ।

आप संयोजक केजरीवालले देखेको सपना पूरा गर्न पनि राष्ट्रिय दलको मान्यता पाउन जरुरी छ । केजरीवालले आपलाई केन्द्रीय सरकार चलाउने पार्टीको रूपमा स्थापित गर्न चाहेका छन् ।

कुनै पनि पार्टीलाई देशका ४ भन्दा बढी राज्यमा ६ प्रतिशतभन बढी भोट मिलेमा त्यस्तो पार्टीलाई राष्ट्रिय दलको मान्यता दिनुपर्ने प्रावधान छ । राष्ट्रिय दलको मान्यता पाएपछि राजनीतिक, आर्थिक लगायत फाइदा मिल्ने गर्छन् ।

आपले हालसम्म दिल्ली, पञ्जाबसहित हिमाचल प्रदेश, उत्तराखण्ड, गुजरात, गोवामा चुनाव लडिसकेको छ भने कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनाव लड्ने तयारी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्