×

NMB BANK
NIC ASIA

आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाउने दौडमा केजरीवाल, के छ प्रावधान ?

चैत २४, २०७९

NTC
Premier Steels

भारतको राजधानी नयाँदिल्लीबाट उदाएर संसारभर चर्चा कमाएको आम आदमी पार्टी (आप) यतिबेला राष्ट्रिय दलको मान्यता पाउने दौडमा छ ।

Muktinath Bank

पार्टीका संयोजक अरविन्द केजरीवालले आपको स्थिति सुधार्न अनेक प्रयास गरिरहेका छन् । यतिबेला नयाँदिल्ली र पञ्जाब राज्यमा आपको सरकार छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही महिनाअघि गुजरातमा पनि सरकार बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको आपले अपेक्षाकृत नतिजा पाउन सकेन । गुजरात राज्य विधानसभा चुनावको नतिजा आएपछि आप राष्ट्रिय दल बनेको चर्चा चलेको थियो तर चुनाव आयोगले उसलाई राष्ट्रिय दलको मान्यता नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

आपले क्षेत्रीय दलको छविबाट माथि उठेर राष्ट्रिय दल बन्न चाहेको छ । गुजरात चुनावपछि पनि आयोगले मान्यता नदिएपछि आपले कर्नाटक उच्च अदालतमा रिट दायर गरेको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले १३ अप्रिलसम्म निर्णय लिन आयोगलाई समय दिएको छ । अदालतले दिएको समय पूरा हुन अब ६ दिन बाँकी छन् ।

Vianet communication

आप नेता सञ्जय सिंहले भारतीय जनता पार्टी (बीजेपी) को इशारामा आयोगले आपलाई राष्ट्रिय दलको मान्यता नदिएको आरोप लगाएका छन् ।

आप संयोजक केजरीवालले देखेको सपना पूरा गर्न पनि राष्ट्रिय दलको मान्यता पाउन जरुरी छ । केजरीवालले आपलाई केन्द्रीय सरकार चलाउने पार्टीको रूपमा स्थापित गर्न चाहेका छन् ।

कुनै पनि पार्टीलाई देशका ४ भन्दा बढी राज्यमा ६ प्रतिशतभन बढी भोट मिलेमा त्यस्तो पार्टीलाई राष्ट्रिय दलको मान्यता दिनुपर्ने प्रावधान छ । राष्ट्रिय दलको मान्यता पाएपछि राजनीतिक, आर्थिक लगायत फाइदा मिल्ने गर्छन् ।

आपले हालसम्म दिल्ली, पञ्जाबसहित हिमाचल प्रदेश, उत्तराखण्ड, गुजरात, गोवामा चुनाव लडिसकेको छ भने कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनाव लड्ने तयारी गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x