काठमाडौं, १४ भदौ- नेपाली गुगल ब्वाई भनिने आदित्य दाहालले नेपाल आइडलबारे कुनै पनि भविष्यवाणी नगरेको स्पष्ट पारेका छन् ।
सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट आदित्यले नेपाल आइडलका विजेता सम्बन्धी भविष्यवाणी गरेको भनि गलत प्रचार गरिएको भन्दै आदित्य संरक्षण प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै कुनै भविष्यवाणी नभएको प्रष्ट पारेको हो ।
