२९ असार २०८३, सोमबार

कर्मचारीको आर्थिक चलखेलबारे मन्त्रीको चासो, छानबिनको निर्देशन

कर्मचारीको आर्थिक चलखेलबारे मन्त्रीको चासो, छानबिनको निर्देशन

  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । 

केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।
सोही घटनाको विषयमा थप सत्यतथ्य छानविन गरी विभागीय कारबाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्