१२ असार २०८३, शुक्रबार

मलेसिया पठाईदिने भन्दै  ठगी गर्ने व्यक्ति पक्राउ

मलेसिया पठाईदिने भन्दै  ठगी गर्ने व्यक्ति पक्राउ

मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   

वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाईएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्