२२ असार २०८३, सोमबार

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचार लगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हँुदै आएको छ ।
 
प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रम समापनका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेशाको मुख्य शक्ति रहेको बताए ।

उनले भने, ‘हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।’ प्रधानसेनापतिले संगठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरूपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरूप संगठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्