०३ असार २०८३, बुधबार

न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

बैशाख ११, २०८०
न्यूजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-३ पुछारबजार घर भई काठमाडौं टोखा नगरपालिका-६ बानियाँटार बस्ने ३८ वर्षीय हरिजंग गुरुङ रहेका छन् । 

वैदेशिक रोजगारीको लागि न्यूजिल्याड पठाई प्रतिष्ठित होटलमा १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने काम लगाईदिने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा  ५ लाख ६ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा बानियाँटारबाट पक्राउ गरेको हो । 

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।                                                                                                   
 

salt training

कमेन्ट गर्नुहोस्