×

तराईबाट पहाड र हिमाल चढ्दै औंलो

बैशाख १२, २०८०

‘शून्य औंलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औंलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औंलो दिवसका रूपमा मनाउँदै आएका छन् ।


Advertisment

नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औंलो निवारण गर्ने अतिमहत्त्वाकांक्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औंलो निवारण गर्न नेपालसँग मात्र ३ वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औंलोका बिरामी र औंलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।


Advertisment

स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल औंलो रोग निवारण गर्न आयातित औंलो चुनौतीका रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय औंलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ । यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औंलोका बिरामी भेटिएका छन् ।’

उनका अनुसार आयातित औंलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो । यसबाहेक पनि औंलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औंलो निवारणका चुनौती हुन् । उनले भने, ‘चुनौतीका बाबजुद यस वर्षदेखि लगातार ३ वर्ष स्थानीय औंलोका बिरामीको संख्या शून्यमा झार्न लागिपरेका छौं ।’

नेपालमा विगत १०० वर्षदेखि औंलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा. दाहालका अनुसार सन् २०२२ मा औंलोका ५१२ बिरामी भेटिएका थिए । तीमध्ये ४७६ बिरामी अन्य देशबाट औंलो संक्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी रहेका थिए ।

सन् २०१५ सम्म हजारभन्दा माथि औंलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औंलोबाट ३ जनाको अकाल मृत्यु भएको थियो । सन् २०२१ सम्म १ जनाको मृत्यु भयो । औंलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्यांकमा उल्लेख छ ।

चिकित्सकका अनुसार औंलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औंलो संक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘औंलो सामान्य र कडा लक्षण सहितका हुन सक्छन् । औंलो संक्रमण भएको ७ देखि ३० दिनसम्म औंलोको लक्षण देखिन सक्छ ।’

उनका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ ।

उनका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औंलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । उनका अनुसार औंलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिम समेत हुन्छ । डा. पुन भन्छन्, ‘औंलो संक्रमितलाई जाडो, गर्मी र पसिना आउने ३ चरण देखिन्छ । औंलो कडा हुँदै गएमा जन्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।’

फाल्सिफारमका लागि औंलोविरुद्ध औषधिको प्रयोगबाट औंलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x