२३ जेठ २०८३, शनिबार

स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित २ जना पक्राउ

बैशाख १२, २०८०
स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७२० नेपाली रुपैयाँ र ५९ हजार ६१० भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको ईटहरी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकास मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बीओपी हरिपुर) ले नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्