२२ असार २०८३, सोमबार

राष्ट्रपतिको स्वास्थ्यस्थिति बुझेर फर्किए प्रधानमन्त्री

बैशाख २१, २०८०
राष्ट्रपतिको स्वास्थ्यस्थिति बुझेर फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिएका छन् । 


राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर प्रचण्डले पौडेलको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । 

‘भारतबाट फर्किएपछि राष्ट्रपतिज्यूले भेटघाट गर्नुभएको थिएन । आज प्रधानमन्त्री आएर स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।’ राष्ट्रपति प्रेस संयोजक खिला कार्कीले लोकान्तर भने । 


भारतबाट उपचार गरेर फर्किएपछि संक्रमण हुने भन्दै राष्ट्रपतिले भेटघाट र अन्य कार्यक्रम राखेका छैनन् ।  

आजै शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण पनि हुँदैछ । 

राष्ट्रपति निवासबाट फर्किएलगत्तै प्रधानमन्त्रीले सिंहदरबारमा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्