×

NMB BANK
NIC ASIA

हवाई सुरक्षाको प्रश्न

विमान उडानका क्रममा 'स्टन्ट' समेत देखाउँछन् पाइलट, ६ वर्षमा ६१ जना कारवाहीमा

मेडिकल्ली अनफिट, हार्ड ल्यान्डिङ गर्नेदेखि ककपिटमा अनधिकृत व्यक्ति प्रवेश गराउनेसम्मका गल्ती

बैशाख २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो ६ वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६१ जना पाइलटलाई कारवाही गरेको छ ।

Muktinath Bank

नेपालमा वायुयान दर्ता भएको कम्पनी तथा जहाज उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पत्र प्राप्त पाइलटहरूमध्ये ६१ जनालाई यस अवधिमा कारवाही गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सन् २०१८ मा १४ जना, सन् २०१९ मा ८ जना, सन् २०२० मा ७ जना, सन् २०२१ मा ६ जना, सन् २०२२ मा १० जना र सन् २०२३ मा १६ जना पाइलट कारवाहीमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

सन् २०१८ मा हेलिकप्टर 'ल्यान्ड' गर्ने बेलामा पंखा जमिनमा ठोकिएका कारण हेलिकप्टर 'रोटर स्ट्राइक'अन्तर्गत दुईजना पाइलटलाई कारवाही गरिएको थियो ।

Vianet communication
Laxmi Bank

सोही वर्ष जहाज अवतरण गर्ने क्रममा 'रन वे'भन्दा बाहिर गएकाले ४ जना पाइलटलाई कारवाही गरिएको थियो । यस्तै 'ट्राफिक कोलिजन एभ्वाइडेन्स अलर्टिङ वार्निंङ'अन्तर्गत २ जना पाइलटलाई कारवाही गरिएको थियो ।

आकाशमा उडिरहेका बेला दुईवटा जहाजबीचको 'भर्टिकल' दूरी कम्तीमा पनि १ हजार फिट हुनुपर्छ । तर, सो अनुसार दूरी कायम नगरेको अवस्थामा 'ट्राफिक कोलिजन अलर्ट वार्न' आउँछ ।

त्यसैगरी 'होरिजेन्टल'तर्फ न्यूनतम् ५ नटिकल माइल दूरी कायम गर्नुपर्छ । एक नटिकल माइल भनेको १.८५ किलोमिटर बराबर हो ।

आकस्मिक अवस्थामा भर्टिकलतर्फ ५ सय फिटसम्म दूरी कायम गर्न सकिन्छ, नत्र यसरी विमान उडाउन पाइँदैन । न्यूनतम् दूरी कायम नगरेको खण्डमा विमान जुध्ने जोखिम हुन्छ ।

सोही कारण न्यूनतम् दूरी कायम नराख्ने दुई पाइलटलाई सन् २०१८ मा कारवाही गरिएको थियो । सोही वर्ष चरासँग विमान ठोक्किएका कारण थप दुई पाइलट कारवाहीमा परेका थिए ।

हेलिकप्टर 'ल्यान्ड' गर्दा चिप्लिने, पंखा स्टेबल नहुने, पंखाकै कारण इन्जिनमा समस्या आउने, प्राविधिक गडबडी हुने जस्ता क्रियाकलापलाई 'हेलिकप्टर इन्सिडेन्ट' भनी त्यसअन्तर्गत पनि कारवाही गरिन्छ ।

हेलिकप्टर इन्सिडेन्टअन्तर्गत सन् २०१८ मा एक पाइलट कारवाहीमा परेका थिए । सोही वर्ष २ पाइलट 'हार्ड ल्यान्डिङ'मा कारवाहीमा परे ।

विमान अवतरण गराउँदा निश्चित 'एंगल' बनाएर रन वेमा टायरलाई विस्तारै छुवाउनु पर्छ । त्यसो नगरी थचारेर विमान अवतरण गराउँदा टायर पड्किएर आगलागीको जोखिम हुन्छ । यसैलाई हार्ड ल्यान्डिङ भनिन्छ ।

यस्तै एक पाइलट जहाज निर्माता कम्पनीको निर्देशनलाई पालना नगरेको अभियोगमा कारवाही गरे ।

निर्माता कम्पनीले हरेक जहाजमा 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर' (एसओपी) बनाएको हुन्छ ।

उडाउने क्रममा जहाजमा केही गडबडी आएमा एसओपी फ्रिक्वेन्सीमार्फत कम्पनीसँग सम्पर्क गरी आवश्यक निर्देशन लिन सकिन्छ ।

सन् २०१९ मा 'इन्स्ट्रुमेन्ट रेटिङ एक्स्पायर' हुँदा समेत विमान उडाएको भनेर ३ जना पाइलटलाई कारवाही गरिएको थियो ।

जहाज 'भिजुअल फ्लाइट रेटिङ' (भीएफआर) र 'इन्स्ट्रुमेन्ट फ्लाइट रेटिङ (आइएफआर) आधारमा उड्ने गर्छ ।

भीएफआर अर्थात आँखाले हेर्नेगरी जहाज उडाउन कम्तीमा ५ किलोमिटरसम्म 'भिजिबिलीटी' हुनुपर्छ र बादलमा पनि छिर्न पाइँदैन ।

यस्तै 'आईएफआर'अन्तर्गत जहाज उडाउँदा 'आईएफआर रेटिङ' ख्याल गर्नुपर्छ । त्यसलाई ध्यान नदिई जोखिम लिएर  विमान उडाएको भन्दै उनीहरूलाई कारवाही गरिएको थियो ।

कतिपय अवस्थामा अनावश्यक जोखिम लिएर 'स्टन्ट' गरेको अभियोगमा पनि पाइलटहरू कारवाहीमा पर्ने गरेका छन् । हेलिकप्टर टेकअफलगत्तै कम्तीमा ५ सय फिट माथि पुग्नुपर्छ । तर, पाइलटहरूले कोल्टो पारी हेलिकप्टर उडाउने, 'स्टन्ट' गर्ने, न्यूनतम् उचाइ कायम नगर्ने गरेमा कारवाही गर्ने गरिन्छ ।

यस्तै गल्ती गरेको आरोपमा एक पाइलट कारवाहीमा परेका थिए ।

हेलिकप्टर उडाउँदा काठमाडौंको आकाशमा कम्तीमा ४ हजार फिटको उचाइ कायम गर्नुपर्छ । तर, उक्त दूरी कायम नगर्ने एक पाइलट पनि सन् २०१९ मा कारवाहीमा परे ।

सोही वर्ष एसओपी पालना नगर्ने थप ४ पाइलट कारवाहीमा परेका थिए ।

सन् २०२० मा ग्राउन्डमै दुई विमान जुधेपछि २ पाइलटलाई कारवाही गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कुल १७ वटा जहाज मात्र पार्क गर्ने क्षमता छ । तर, त्यतिबेला ५२ वटा जहाजसम्म पार्क हुने गर्थ्यो । पार्किङमा लैजाने क्रममा दुई जहाज जुधेका थिए ।

अहिले भने १७ वटा जहाज मात्र आन्तरिक टर्मिनलमा पार्क गर्ने गरिएको छ । बाँकी ३५ वटा जहाजलाई काठमाडौंबाहिरको विमानस्थलमा पार्क गराउने गरिएको छ ।

सोही वर्ष 'मेडिकल अनफिट' हुँदाहुँदै विमान उडाएको भनेर दुई पाइलट कारवाहीमा परे ।

जहाज उडाउनका लागि ४० वर्षसम्मका पाइलटले कम्तीमा २/२ वर्ष र त्यसभन्दा बढी उमेरकाले ६/६ महिनामै स्वास्थ्य परीक्षण गराउनुपर्छ । रक्तचाप, मुटुलगायतका समस्या भएका पाइलटले जहाज उडाउन पाउँदैनन् ।

यसैगरी विमान दुर्घटनामा दुई पाइलट र 'इन्स्ट्रुमेन्ट रेटिङ एक्स्पायर' भएको अवस्थामा विमान उडाएका एक पाइलट पनि कारवाहीमा परे । यस्तै हार्ड ल्यान्डिङ गराउने अर्का एक पाइलटलाई समेत कारवाही गरियो ।

सोही वर्ष स्वास्थ्य समस्या लुकाएर जहाज उडाउने थप एक र एसओपी पालना नगर्ने ४ पाइलटलाई पनि कारवाही गरिएको थियो ।

सन् २०२२ मा निर्धारितभन्दा बढी समय विमान उडाउने दुई पाइलट कारवाहीमा परे ।

एक पाइलटले दिनमा बढीमा १० घण्टा, दुई पाइलट भएको अन्तर्राष्ट्रिय उडानमा १३ घण्टा, तीन पाइलट हुँदा १५ घण्टा र चार पाइलट हुँदा १६ घण्टा ड्युटी आवर तोकिएको छ । यही अनुसार मात्र विमान उडाउन पाइन्छ ।

एक महिनामा अधिकतम १ सय घण्टा, ३ महिनामा २ सय ९० घण्टा, १ वर्षमा अधिकतम १ हजार घण्टाभन्दा बढी विमान उडाउन पाइँदैन ।

null

बढी समय काम गर्दा पाइलट थाक्ने र थाकेको अवस्थामा दुर्घटना हुन सक्ने भएकाले पाइलटलाई काम गर्ने समयावधि तोकिएको हो ।

केही एयरलाइन्स कम्पनीले पाइलट अभाव भएको समयमा एकै पाइलटलाई धेरै पैसाको लोभ दिएर बढी समय जहाज उडाउन लगाउने गरेका हुन्छन् ।

त्यसैगरी सोही वर्ष एसओपी पालना नगरेको भन्दै ४ जना पाइलटलाई कारवाही गरिएको थियो । यस्तै जहाजको पखेटा ठोक्किएका कारण थप दुई पाइलट कारवाहीमा परे ।

सोही वर्ष ककपिटमा अनावश्यक व्यक्तिलाई प्रवेश दिने दुई पाइलट कारबाहीमा परे ।

उडानको समयमा एयर होस्टेस तथा अन्य कसैलाई पनि ककपिटमा जान दिन मिल्दैन । यो नियम उल्लंघन गरेकाले पाइलटहरू कारवाहीमा परेका हुन् ।

विमान ग्राउन्ड गरिएको अवस्थामा आवश्यक सावधानी नअपनाए जहाजको इन्जिनको 'अटोमेटिक लाइट अन' हुन पनि सक्छ । त्यस्तो कार्यलाई 'एक्टिभेसन अफ अल्फा फ्लोर' भनिन्छ ।

सन् २०२३ मा उक्त कसुरमा २ जना पाइलट कारवाहीमा परे ।

'एयर नेभिगेसन सिस्टम'मा जहाज उडाउँदा न्यूनतम् उपकरण हुनुपर्ने भन्ने कुराको क्राइटेरिया तोकिएको छ । आवश्यक 'नेभिगेसनको क्राइटेरिया' नहुँदा पनि उडान गर्ने दुई पाइलट यही वर्ष प्राधिकरणको कारवाहीमा परेका थिए ।

यसैगरी गैरव्यावसायिक आचरण प्रदर्शन गरेका कारण दुई, एसओपी पालना नगरेका कारण दुई र खराब मौसमका कारण दुई पाइलट कारवाहीमा परे ।

जहाज उडाउने क्रममा निश्चित समयावधि र निश्चित स्थानमा पुग्दा 'एयर ट्राफिक कन्ट्रोलर'सँग पाइलटले नियमित संवाद गरी रिपोर्ट गरिरहनुपर्छ । यदि कसैले यो नियम पालना नगरेमा 'नेगेटिभ कम्युनिकेसन' भनिन्छ ।

यस्तै  अभियोगमा थप एक पाइलट कारवाहीमा परेका छन् ।

यही वर्ष 'एयर ट्राफिक कन्ट्रोलर'को निर्देशन पालना नगर्ने अर्का एक पाइलट कारवाहीमा परेका छन् । जहाज उडाउने पंखा भवन तथा डाँडामा ठोक्किने अवस्थामा पुर्‍याउने दुई पाइलटलाई पनि कारवाही गरिएको छ ।

यसैगरी खतरनाक तरिकाले जहाज उडाएको अभियोगमा अर्का एक पाइलट कारवाहीमा परेका छन् ।

हेर्नुहोस्, कारवाहीको विवरण :

null

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई सुरक्षामा लापरवाही गर्ने पाइलटहरूलाई नागरिक उड्डयन नियमावली, २०५८ बमोजिम कारवाही गर्ने गरिएको छ ।

'नियमावलीविपरीत काम गरेको पाइएपछि ती पाइलटहरूलाई प्राधिकरणले कारवाही गरेको हो,' भूलले लोकान्तरसँग भने, 'गल्ती हेरेर कसैलाई ग्राउन्ड गर्ने त कसैलाई जरिवाना गर्ने गरिएको छ ।'

केहीलाई 'रिफ्रेस क्लास' लिन लगाउनुका साथै कतिपयलाई 'सिमुलेसन'अन्तर्गत भर्चुअल जहाज उडाउन समेत लगाइएको उनले बताए ।

'पाइलटहरूले गर्ने कसूरको गाम्भीर्यता हेरी प्राधिकरणले कारवाही गर्ने गर्छ,' उनले थपे, 'यसका अलावा काम लगाउने वायु सेवा कम्पनीले आन्तरिक कारवाही समेत गर्ने गरेका छन् ।'

तलबबाट सोधभर्ना गर्ने, ड्युटीबाट निश्चित समयका लागि अफ गर्ने, ड्युटी आवर कम गरिदिने, निश्चित पाइलटसँग निश्चित घण्टा उडान गरेपछि मात्र 'रिलिज' गर्ने लगायतका कारवाही आन्तरिकअन्तर्गत हुने गरेको छ ।

प्राधिकरणले पाइलटलाई न्यूनतम् १० हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको भूलले बताए ।

'त्यसबाहेक जहाजमा के कति क्षति भएको हो त्यसको मूल्यांकनका आधारमा वायुसेवा कम्पनीले पनि जरिवाना तिराउने गर्छ,' भूलले भने, 'हामी भने गल्ती गर्ने पाइलटलाई एक्टिभिटिजबाट अफ गरी ग्राउन्ड गरिदिन्छौं ।'

त्यसैगरी विदेशमा दर्ता भएको तथा विदेशको सिभिल एभिएसनबाट इजाजतप्राप्त पाइलटले गल्ती गर्दा कारवाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित देशको सिभिल एभिएसनलाई लेखी पठाउने गर्छ ।

'कारवाही गर्न तथा कारवाही गरिएको विषयमा जानकारी गराउन भनेर हामीले सम्बन्धित देशको सिभिल एभिएसन अथोरिटीलाई लेखी पठाउने गरेका छौं,' उनले थपे, 'हाम्रो पत्रको आधारमा कारवाही भई जानकारी आउने गरेको छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x