२१ असार २०८३, आइतबार

बालकृष्ण खाणको घुमाउरो स्पष्टोक्ति : ​नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

बैशाख २३, २०८०
बालकृष्ण खाणको घुमाउरो स्पष्टोक्ति : ​नक्कली शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले 'नक्कली शरणार्थी प्रकरण'मा आफ्नो संलग्नता नभएको घुमाउरो प्रष्टीकरण दिएका छन् । खाणले शनिवार विज्ञप्ति जारी गर्दै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै आएका समाचारले अन्यौल सिर्जना गरेको बताएका हुन् ।

'नक्कली शरणार्थी प्रकरण'मा नाम जोडिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । तर, नक्कली शरणार्थी प्रकरणबारे भने विज्ञप्तिमा स्पष्ट उल्लेख गरेका छैनन् । 'विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति  ध्यानाकर्षण भएको छ,' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ ।'

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाणको पनि नाम मुछिएको छ । प्रहरी हिरासतमा रहेका  टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका छन् ।

पाण्डेलाई आफू गृहमन्त्री हुँदा खाणले नै गृहसचिव बनाएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्