
लिखतसम्बन्धी कसूरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरक्षा न्युज डटकमका प्रबन्ध निर्देशक मदनबाबु भण्डारी रहेका प्रहरीले जनाएको छ ।
शनिवार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्ष तर्फबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो ।
पोखराबाट काठमाडौं आएका भण्डारीलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।