२१ जेठ २०८३, बिहीबार

नेपाल भलिबल संघ र १०० स्पोर्ट्सबीच सम्झौता

बैशाख ३१, २०८०
नेपाल भलिबल संघ र १०० स्पोर्ट्सबीच सम्झौता

नेपाल भलिबल संघ र १०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडबीच एमओयूमा हस्ताक्षर भएको छ ।

वुमेन्स भलिबल च्यालेन्ज कप २०२३ को मार्केटिङ एण्ड इभेन्ट पार्टनरसीपको लागि सम्झौता गरिएको हो । 

भलिबल संघको प्रधान कार्यालयमा आज भएको समझदारीपत्रमा हस्ताक्षर समारोहमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष जितेन्द्र चन्द, महासचिव रोशन श्रेष्ठ, महासचिव तथा नेपाल भलिबल संघका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

यस्तै, १०० स्पोर्ट्सका तर्फबाट संस्थापक रविन्द्र भाटी र निर्देशक विकास खेतानको उपस्थिति रहेको थियो ।

खेलकुदसँग सम्बन्धित विभिन्न आयोजनाहरू पूरा गरिसकेकाले नेपाली खेलकुदको विकासका लागि १०० स्पोर्ट्स सक्रिय बन्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्