
विधायन व्यवस्थापन समितिको बैठक आज बिहीवार बस्दैछ ।
बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ ।
बिहीवारको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०७९ सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी बिहीवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक बिहीवार मध्याह्न १२ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।
बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवसँग नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल, प्रत्यायोजित विधायन अध्ययन उपसमितिको प्रस्ताव सम्बन्धी छलफल, राष्ट्रिय महत्त्वका दस्तावेज अभिलेख व्यवस्थापन अध्ययन उपसमिति सम्बन्धी छलफल हुने कार्यसूची छ ।