
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चालू आवको पहिलो नौ महिनामा ९ खर्ब ३ अर्ब रेमिट्यान्स भित्रिएको बताएका छन् ।
प्रतिनिधिसभामा सांसद ईश्वरी न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त तथ्यांक पेश गरेका हुन् ।
अघिल्लो वर्षभन्दा २४.३ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको उनले जानकारी दिए ।
त्यस्तै, नेपाली विद्यार्थी विदेश पढ्न जाँदा ६७ अर्ब १९ करोड बाहिरिएको तथ्यांक पेश गरे ।