०८ साउन २०८३, शुक्रबार

अस्पतालमा १५ दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अस्पतालको शय्याको विवरण वेबसाइटमा राख्नुपर्ने
अस्पतालमा १५ दिनभित्र अनलाइन टिकटको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको शय्याको विवरण दैनिकरुपमा वेवसाइटमा राख्न निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् ।

उनले भने, “ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ”, उनले भने, “सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।”

अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा १५ दिनभित्र बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था गर्न उनले निर्देशन दिएका छन् । ​

चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण उनले माग गरेका छन् । सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानैपरे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्