१९ असार २०८३, शुक्रबार

शशाङ्क कोइराला भन्छन् – भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ

शशाङ्क कोइराला भन्छन् – भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ

नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् । ​

नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्‌मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, “मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।”

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । “जसले पत्रकारिता बुझेको छ, समाचार प्रेषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए । 

कार्यक्रममा चार जना पत्रकारलाई सम्मानसमेत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्