जेठ १३, २०८०
हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...
पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे ।
शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ताले सताउँछ । उनको विराटनगरको मुख्यचोक ट्राफिक चोकमा बिरयानी हाउस छ ।
विद्यालयले नै उनलाई विराटनगरको बिरयानी हाउसको मालिक बनाएको छ । विद्यालयमा उनी कमर्स पढाउने गर्थे । उनले विद्यालयमा पढाउँदा मःम–चाउमिन विद्यार्थीको रोजाइको खाजा हुन्थ्यो । ती खाजाहरू स्वास्थ्यका लागि त्यति फाइदाजनक मानिँदैनन् । स्वास्थ्यमा असर मात्रै होइन, ती खाजाले विद्यार्थीको भोक समेत मेटाउँदैनथ्यो ।
विद्यार्थीले घरबाट ल्याएर खान लाज मान्थे । घरमा पकाएका खानेकुरा राम्रो र अडिलो पनि हुन्छ तर घरबाट ल्याएर खाँदा लाज हुने भनेर विद्यार्थीले भन्ने गरेका थिए ।
खाजा खाएको १ घण्टा नबित्दै विद्यार्थीले ‘भोक लाग्यो’ भनेको सुनेपछि विद्यार्थीका लागि अडिलो खाजाका लागि उनले सोच्न थाले । विद्यालय पढाउनुभन्दा अगाडि उनले होटल नै सञ्चालन गरेका थिए । उनलाई होटलको अनुभव राम्रै थियो । लगानी अभावका कारण उनले होटल बन्द गर्नुपरेको थियो । उनलाई अन्य ३ जना साथीले समेत साथ दिएका थिए ।
विराटनगरकै लागि खाना तथा खाजा पनि हुने बिरयानी भित्र्याउने योजना उनले बनाए । बिरयानी विराटनगरका लागि नयाँ आइटम भएकाले कुनै अध्ययन नगरी साथीहरूसँग मिलेर विद्यार्थीलाई खाजा खुवाउने उद्देश्यले विद्यालयनजिकै गल्लीमा उनले रोयल बिरयानी हाउस खोले ।
सस्तोमा अडिलो समेत हुने सोचेर उनले विराटनगरमा बिरयानी भित्र्याए । ३ वर्षअघिसम्म विराटनगरमा बिरयानी खाने होटल नै थिएनन्, उनले १०० रुपैयाँमा पाउने गरी बिरयानी हाउस खोलेका थिए ।
बिरयानी प्याकिङ गरेर विद्यार्थीलाई खाजाका रूपमा दिन थाले । शुरूशुरूमा धेरैले भात भनेर खान मानेका थिएनन् । विराटनगरमै नयाँ भएकाले पनि शुरूशुरूमा बिरयानीलाई चिनाउन नै धेरै मुस्किल पर्यो ।
भात बेच्ने होटल भनेर समेत उनलाई धेरैले गिज्याए । पछिल्लो समय भने बिरयानी धेरैको रोजाइमा पर्न थालेको छ । दैनिक ४०० जनाभन्दा बढीले उनको होटलमा आएर बिरयानी खाने गर्छन् । क्वालिटीमा कुनै कम्प्रमाइज नगरेका कारणले विराटनगरमा उनको रोयल बिरयानी हाउस निकै लोकप्रिय बनेको छ ।
युवायुवतीदेखि उद्योगपतिले समेत बिरयानीलाई खानाका रूपमा प्रयोग गर्ने गरेका छन् । ३०–३५ वर्ष उमेर समूहका धेरैले बिरयानी खाने गरेको उनले बताए । विराटनगरमै ४ स्थानमा रोयल बिरयानी हाउसका शाखा छन् तर उनको लगानी एउटामा मात्रै छ ।
‘साथीभाइहरू तेरो बिरयानी हाउस ब्रान्डिङ भइसकेको छ, यही नाममा चलाउँछौ भनेपछि मैले नाम मात्रै दिएको छु,’ उनले भने, ‘तर मेरो लगानी छैन ।’
विराटनगरमा बिरयानी के हो भन्ने चिनाएपछि विद्यालयको छेउको गल्लीबाट उनले होटललाई ट्राफिक चोकको भीडभाड हुने मुख्य क्षेत्रमा सारेका छन् । दिउँसोदेखि राति अबेरसम्म उनीहरूको पसलमा भीडभाड हुने गर्छ । ३ वर्षअघि खोलेको बिरयानीको मूल्य बढेको छैन भन्दा पनि फरक पर्दैन ।
महंगी बढिरहे पनि उनले मूल्य बढाएका छैनन् । ३ वर्षअघि १०० रुपैयाँमा पाउने चिकेन बिरयानी अहिले ११० रुपैयाँमा पाउँछ ।
उनले होटलमा २२ जनालाई रोजगारी दिएका छन् । पहिला अर्काकोमा आश्रित भएका पप्पु अहिले अरुलाई तलब दिइरहेका छन् । नेपालमै रोजगारी सिर्जना गर्न सक्नु उपलब्धि भएको उनले बताए । १५ वर्ष साउदी–दुबईमा काम गरेर फर्केका युवालाई पप्पुले रोजगारी दिएका छन् ।
साउदी अरबका विभिन्न शहरका होटलमा काम गरेकाहरू अहिले पप्पुकोमा काम गर्छन् । साथीहरूकै कारण अहिले रोयल बिरयानी ब्रान्डिङ भएको उनले बताए ।
सामाजिक काममा समेत उनी अगाडि छन् । पहिलो चरणको लकडाउनको समयमा व्यवसाय बन्द भएपछि सडकमा बस्नेहरूलाई निःशुल्क खाना खुवाउने अभियानमा समेत पप्पु लगायतको टीमले सहयोग गरेको थियो । निःशुल्क खाना खुवाउने अभियानमा जुटेका युवाहरूलाई बिरयानी हाउसमा नै खाना पकाएर ८० दिनसम्म खुवाएको उनले सम्झिए ।
हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ जेठ ...
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ । लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिक...
बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो । पुरानो...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । तर, १...
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...