२७ जेठ २०८३, बुधबार

छात्रालाई साइकल र १ लाख वितरण

छात्रालाई साइकल र १ लाख वितरण
प्रतिकात्मक तस्वीर

सिन्धुलीको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र १ लाख नगद वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए ।

छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै उनले भने, ‘हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा ११ कक्षामा अध्ययनरत १६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने ५ जनालाई १ लाख प्रोत्साहनस्वरूप प्रदान गरेका छौं ।’

पालिकाभित्र २ उच्च माध्यमिक विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत १६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल १ वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना १०१ महत्त्वपूर्ण उपलब्धि समेत सार्वजनिक गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्