२० असार २०८३, शनिबार

म प्रधानमन्त्रीबाट हटेपछि संघीय भावनालाई समेटिएन : ओली

म प्रधानमन्त्रीबाट हटेपछि संघीय भावनालाई समेटिएन : ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि संघीय भावनालाई नसेटिएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा आइतवार नीति कार्यक्रममाथि बोल्दै ओलीले आफूले प्रदेश र स्थानीय तहका समस्याबारे छलफल गर्ने गरे पनि त्यसपछि संघीय भावनालाई समेट्ने कुनै काम नगरिएको आरोप लगाएका हुन् । 

‘म प्रधानमन्त्री हुँदा प्रदेश र स्थानीय तहका समस्याबारे मुख्यमन्त्री, योजना आयोगका प्रतिनिधिलाई बोलाएर छलफल गर्थें । समस्या के छन् र के गर्नुपर्छ भनेर छलफल गर्थे,’ ओलीले भने, ‘तर म प्रधानमन्त्रीबाट हटेपटि यस्ता बैठक भएका छैनन् । संघीय भावनालाई समेटिएको छैन ।’

सरकारले संघीय शासन प्रणालीलई सफल बनाएको दाबीलाई कुनै छलफल नगर्ने विषयले काटेको उनको दाबी छ । कोहीसँग पनि छलफल नगर्दा संघीयता बलियो नहुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्