×

NMB BANK
NIC ASIA

बोर्डको विवादास्पद् भूमिका

मिडियाको घाँटी निमोठ्न उद्यत विज्ञापन बोर्ड, 'खलनायक'को भूमिकामा निकम्मा नेतृत्व !

जेठ ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी विज्ञापनलाई नियमन र व्यवस्थित वितरण गर्न बनेको विज्ञापन बोर्ड मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको छ ।

Muktinath Bank

बोर्ड नेतृत्वको निहीत स्वार्थअनुरूप मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको भन्दै बोर्डको विरोध भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डले ३१ वैशाखमा लोक लोककल्याणकारी विज्ञापनबापतको रकम अपुग भएको भन्दै भुक्तानी रोक्ने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

बोर्डको विज्ञप्ति

Vianet communication
Laxmi Bank

स्वतन्त्र मिडियाको हितविपरीत स्वार्थपूर्वक विज्ञापन बन्द गराउन खोजेको आरोप बोर्डमाथि छ । बोर्डको निर्णयविरुद्ध सञ्चार माध्यम सम्बद्ध संघ-संस्था आन्दोलित भएका छन् ।

पत्रकार महासंघको उपत्यका प्रदेश समितिले आइतवारदेखि धर्नासहितको विरोध गरिरहेको छ । बोर्डविरुद्धको आन्दोलनमा समितिलाई नेपाल पत्रकार महासंघसहित विभिन्न भ्रातृ संस्थाहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।

समितिका अध्यक्ष सिर्जन झाले बोर्ड सञ्चालनमा आएको दुई वर्षमै आफ्नो उद्देश्यविपरीत काम गरिरहेको बताए । बोर्डको पछिल्लो निर्णयबाट संस्थामाथि नै प्रश्न उठेको उनको भनाइ छ । निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएका स्वतन्त्र मिडियाले बोर्ड नै खारेज गर्नुपर्ने माग गर्न थालेको उनको भनाइ छ ।

बोर्डले निर्णय फिर्ता नगरे थप विरोधका कार्यक्रमअगाडि बढाउने महासंघको उपत्यका प्रदेश समितिको तयारी छ । निर्णय फिर्ता नगरे अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्नेसम्मका कार्यक्रम उनीहरूका छन् ।

सम्पूर्ण छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग नेपाल पत्रकार महासंघको छ । लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन महासंघले माग गरेको छ ।

लामो समयदेखि सरकारले गाँउ–गाउँमा सूचनाको पहुँच पुर्‍याउन उपलब्ध गराउँदै आएको विज्ञापन रोकिन नहुने महासंघको ठहर छ ।

मिडियाको हितविपरीत बोर्डले गरेको निर्णय महासंघलाई मान्य नहुने महासंघका महासचिव रोशन पुरीले बताए ।

‘लोककल्याणकारी विज्ञापन दिनु सरकारको खर्च मात्रै होइन, साना र स्वतन्त्र मिडिया बचाउनु पनि हो,’ उनले भने, 'मिडियाको हितविपरीत बोर्डको निर्णय महासंघलाई कुनै हालतमा मान्य हुँदैन ।’ यसबारे महासंघले सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयसँगै समन्वय गरिरहेको जनाएको छ ।

हुमागाईं अध्यक्ष भएपछि मिडियाप्रति कठोर

विज्ञापन बोर्डले मिडियाको हितविपरीत कार्य गरेको अहिले पहिलोपटक भने होइन । यसअघि सरकारी विज्ञापन एकद्वार नीतिबाट लागू गर्ने बहानामा सबै सरकारी कार्यालयलाई पत्र पठाइएको थियो । बोर्डको पत्रका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणसहितको विज्ञापन रोकिएको एक मिडिया सञ्चालकले बताए ।

उनका अनुसार बोर्डले चिट्ठी पठाएकै कारण आफू अनुकूलका मिडियाले लाभ पाउने र स्वतन्त्र मिडियालाई पन्छाउने काम भएको छ । बोर्डमा लक्ष्मण हुमागाईं अध्यक्ष नियुक्त भएपछि मिडिया हितविपरीत काम शुरू भएको उनको बुझाइ छ । यतिमात्रै होइन मिडियामा मदिराको विज्ञापन रोक्न पनि हुमागाईंले भूमिका खेलेको आरोप छ ।

बोर्डमा आएदेखिनै लोककल्याणकारी विज्ञापनको विपक्षमा रहेका हुमागाईं मदिराको विज्ञापन रोक्ने विषयमा पनि लबिङ गर्ने व्यक्ति हुन् ।

सरकारी विज्ञापन पहुँच हुने र प्रभाव पार्न सक्नेले मात्रै पाउने व्यवस्था हटाउन एकद्वार नीतिमार्फत् दिनुपर्ने माग आफूहरूले नै उठाउँदै आएको प्रेस काउन्सिल नेपालका पूर्वकार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ बताउँछन् । तर, बोर्डले यसमा सहजीकरण गर्नुपर्नेमा उल्टै असहयोग गरेको उनले बताए ।

मिडिया वर्गीकरणको आधारमा समानुपातिक रूपमा विज्ञापन वितरण गर्नुपर्ने माग उठ्दै आएको छ । यसैसँग सम्बन्धित अदालतको आदेश, सरकारले नै बनाएको कार्यविधि र सरकारका विभिन्न कार्यक्रममा पनि आइरहेका छन् ।

‘समानुपातिक ढंगबाट विज्ञापन वितरण गरेर बोर्डले मिडियालाई सहजीकरण गर्ला भन्ने अपेक्षा थियो । उल्टै लोककल्याणकारी विज्ञापनसमेत कटौती गरेर जान थाल्यो’, श्रेष्ठले भने, ‘बोर्डले भएकै विज्ञापन कटौती गरेर उग्रता देखाएको छ । बोर्डको यस्तो काम प्रतिगामी हो ।’

स्वरोजगार पत्रकारितालाई निमोठ्ने काम विज्ञापन बोर्डले गरेको उनको भनाइ छ । यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उनले बताए ।

यसअघि सूचना विभागले गर्दै आएको विज्ञापनसम्बन्धी काम सरकारले २०७८ साउनदेखि बोर्डलाई दिइएको हो । बोर्डले लोककल्याणकारी विज्ञापन बाँड्ने जिम्मा पाएपछि तीन प्रतिशत बोर्डलाई बुझाउनुपर्ने व्यवस्था गरियो । बोर्डले आफू अनुकुल एजेन्सीसँग सेटिङ मिलाएर सबै रकम खोस्ने काम गर्न खोजेको एक स्वरोजगार मिडिया सञ्चालकले आरोप लगाए ।

महासंघका केन्द्रीय सदस्य तथा मेरोन्यूज डटकमका सम्पादक रामकृष्ण अधिकारी बोर्डको नियमतमाथि नै शंका गर्ने आधार भएको बताउँछन् ।

अन्तिम समयमा आएर पैसा रोक्नुले बोर्डको नियमतमाथि शंका गर्ने ठाउँ भएको उनको तर्क छ । ‘पैसा नपुग हुने विषय बेलैमा सरकारलाई जानकारी गराउन सकिन्थ्यो,’ उनी भन्छन्,  ‘सो अनुसारको व्यवस्था बोर्डले किन गर्न सकेन ?

लोककल्याणकारी विज्ञापनको पैसा रोक्ने नभई बेथिति सुधार गरेर जानुपर्ने उनको सुझाव छ । बेथिति सुधार गर्दा अहिले भएकै रकमलाई दोब्बर बनाएर दिन सकिने उनले बताए ।

ऐन र अधिकारबमोजिम नै काम गरेको छुहुमागाईं

यता बोर्ड अध्यक्ष हुमागाईंले भने सरकारलाई जानकारी गराएरै पछिल्लो निर्णय गरेको दाबी गरे । सरकारबाट पैसा नआएको उनको भनाइ छ ।

१८ फागुनमै सञ्चार मन्त्रालयलाई दुई करोड ४६ लाख रुपैयाँ अपुग हुने भन्दै पत्र पठाएको उनले दाबी गरे । बोर्डले गत वर्ष २०७८ को साउनदेखि मात्रै लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी दिन थालेको हो ।

ऐनले निर्देशित गरेअनुसार नै काम गरिरहेको दाबी हुमागाईंले गरे । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा २१ मा बोर्डको कोषमा ३ प्रतिशत रकम राख्नुपर्ने व्यवस्था छ ।

ऐनको दफा ३२ ले सबै सरकारी विज्ञापन बोर्डमार्फत नै गर्नू भनेको छ । सोही अनुसार काम गर्न खोजिएको हुमागाईंको भनाइ छ ।

लक्ष्मण हुमागाईंको विवादास्पद् विगत

हुमागाईंले नेपाल टेलिभिजनको महाप्रबन्धक हैसियतमा गरेको अनियमितता सम्बन्धमा संसद्को सार्वजनिक लेखा समितिले २०७३ सालमा छानबिन गरेको थियो ।

तत्कालीन सांसद डोरप्रसाद उपाध्यायको संयोजकत्वमा उपसमिति गठन गरेर छानबिन गरिएको थियो ।

छानबिनको समयमा महाप्रबन्धक हुमागाईंलगायत कर्मचारीलाई पदीय जिम्मेवारी बमोजिमको कामकारबाही गर्न नदिने तत्काल व्यवस्था मिलाउन सूचना तथा सञ्चार मन्त्रालयलाई लेखा समितिले २०७३ असार १२ गते निर्देशन समेत दिएको थियो । छानबिनका लागि गठित समितिले पछि महाप्रबन्धकसहितका केही कर्मचारीलाई कारबाहीको सिफारिश गरेको थियो ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको विज्ञापनदाता ‘वर्ल्ड मिडिया ब्यान्ड हाउस’कम्पनीले उपलब्ध गराउनुपर्ने रकमको चेक नक्कली फेला पारेसँगै अनियमितताको घटना सार्वजनिक भएको थियो ।

विज्ञापन बोर्डको नेतृत्वमा आएपछि पनि हुमागाईं बोर्डको उद्देश्य पूरा हुने भन्दा बाहिरी गतिविधिमा बढी सक्रिय छन् ।

सरकारी विज्ञापनको व्यवस्थित वितरण र नियमनको काम गर्नुपर्ने बोर्ड सम्मेलन, गोष्ठीसहितका गतिविधिमा बढी व्यस्त हुने गरेको आरोप बारम्बार लाग्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x