
सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलश्रोत तथा ऊर्जा मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट चालू आवको भन्दा २१ अर्ब रूपैयाँले कम हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको हो ।
चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यस्तै जलश्रोत तथा सिँचाइतर्फ ३३ अर्ब ५० करोड रूपैयाँ विनयोजन गरिएको थियो ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।