×

Dabur
MG

बागलुङका मोटर बाटोमा बर्खामा चल्दैनन् गाडी

जेठ १६, २०८०

NTC
Marvel
प्रतिकात्मक तस्वीर
IME BANK INNEWS
Premier Steels

बागलुङका अधिकांश गाउँ मोटर बाटोले जोडिएका छन् ।

yONNEX
Sagarmatha Cement

हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करीब ४ महिना सास्ती हुने गरेको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ । जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ । केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

बागलुङको ढोरपाटन नगरपालिका–६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

Vianet communication
Laxmi Bank

सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नम्बर ६ को दोगाडीस्थित भूजीखोलामा ३ वर्ष अगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते महादेव/खिम्ती/क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो ।

२ वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक विक्रम संवत् २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको छ । निर्माण कम्पनीले विक्रम संवत् २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो । 

पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणकार्य अहिले धमाधम भइरहेको इन्जिनीयर प्रकाश श्रीसले जानकारी दिए । पुल निर्माण अहिलेसम्म ६० प्रतिशत मात्रै सम्पन्न भएको उनको भनाइ छ ।

पुल ४ करोड ८२ लाखमा बन्न थालेको हो । अहिले काम धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने सम्भावना निकै कम रहेको इन्जिनीयर श्रीसले बताए ।

उनले भने, ‘कामदार पनि धेरै छन्, काम पनि तीव्रगतिमै भएको छ तर अब म्याद सकिन धेरै समय छैन काम अलि बढी नै छ, सरसर काम भयो भने अझै ६ महिना लाग्ने देखिन्छ, धेरै काम भए पनि मुख्य काम हुन बाँकी हुँदा समय धेरै लाग्छ, पहिला काम निरन्तर नहुँदा समस्या भएको हो, पहिलोपटकको म्याद सकिएपछि दोस्रो म्याद थपका लागि निवेदन दिने तयारी गरेको देखिन्छ ।’

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार लगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो । बुर्तिबाङ बजारबाट यी गाउँमा पुग्न २ वर्ष अगाडिसम्म २ वटा पुल तर्नुपथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नुपर्ने समस्या अहिलेको बर्खामा पनि यथावतै रहने भएको छ ।

बर्खा शुरू हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालिको बर्खामा पनि आफूहरूले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दलबहादुर बुढामगरले गुनासो पोखेका छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।   बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...

असोज १३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।  अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...

असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला प...

असोज १३, २०८०

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् ।  शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्‍याली ...

असोज १३, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।   फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिल...

असोज १३, २०८०

 घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी ह...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x