२२ असार २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज लिइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । 

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।

पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ । 

बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो । 

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो । प्रकरणका आरोपितमध्ये बिहीवारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । 

प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्