×

Dabur
MG

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

खोटाङ | जेठ २०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

yONNEX
Sagarmatha Cement

विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रूपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कूल विभाग प्रमुख समेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर संघर्ष गर्न जरुरी रहेको औंल्याए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ,’ उपमहासचिव पोखरेलले भने, ‘अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्त रूपमा संघर्ष गर्न जरुरी छ ।’


Advertisment
Kumari
Saurya island
Pardeshi

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रवार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको २ दिने पार्टी स्कूल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढंगले प्रस्तुत नगर्न समेत उनले आग्रह गरे । 

‘हामीले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्त्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौं,’ उपमहासचिव पोखरेलले भने, ‘यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।’

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ । ‘पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी ३ तहको पार्टी स्कूल कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेकपा (एमाले) कोशी प्रदेशले जनतामा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको स्वीकार गरेको छ । एमालेको जारी प्रदेश अधिवेशनमा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमा जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था ...

असोज १३, २०८०

नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालिकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।  यसअघ...

असोज १३, २०८०

नेकपा (एकीकृत समाजवादी) पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै क...

असोज १३, २०८०

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष कैलाश ढुंगेलले प्रदेशमा पार्टीलाई पहिलो बनाउन लागि पर्ने बताएका छन् । गएराति प्रदेश अध्यक्षमा निर्वाचित भएलगत्तै लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ...

असोज १३, २०८०

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सरकारी सम्पति दुरुपयोग गरेर मुलुकलाई गरिब बनाउनेहरू जेल जान थालेको बताएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका मन्त्रि मास्कीले माओवादी केन्द्र तुलसीपुर-९...

असोज १३, २०८०

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।​ कांग्रेस सभापति शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आज...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x