०३ असार २०८३, बुधबार

कालीकोटमा जिप दुर्घटना : एक दम्पतीको मृत्यु, एक जना घाइते

जेठ २५, २०८०
काठमाडौं
कालीकोटमा जिप दुर्घटना : एक दम्पतीको मृत्यु, एक जना घाइते

कालीकोट जिप दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । थप एक जना घाइते भएकी छिन् । ​​

रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन् । 

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्