×

Dabur
MG

स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करण हुँदै, दिगो विकासका लक्ष्य प्राप्तिकामा केन्द्रित

काठमाडाैं | जेठ २६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ ।

yONNEX
Sagarmatha Cement

भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरूको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरूलाई पुनःस्मरण गर्ने मौका जुराउने विश्वास राखिएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘यस वर्षको अवार्डको मूल विषय दिगो विकासका लक्ष्यहरू प्राप्तिमा मिडियासहित सबै क्षेत्रको सहभागिता चाहिन्छ भन्ने तथ्यको गहिरो बोध पनि हो,’ स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले भने ।


Advertisment
Kumari
Saurya island
Pardeshi

दिगो विकास लक्ष्यहरू सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको थियो ।

Vianet communication
Laxmi Bank

‘हामी सबैलाई अवगत भएकै तथ्य हो, प्रभावकारी स्वास्थ्य प्रवद्र्धनविना दिगो विकासका लक्ष्यहरू प्राप्त हुन सक्दैनन्,’ उनले भने, ‘यो सन्दर्भमा स्वास्थ्य क्षेत्र सुधार र विभेदरहित स्वास्थ्य प्रवर्द्धनमा राष्ट्रिय तहका सरोकारवालाहरूको ऐक्यबद्धता र प्रतिबद्धताविना दिगो विकासको लक्ष्यको मूल मर्म बोध गर्न कठिन छ ।’

यो अवार्डमार्फत आफूले नीतिगत तहमा काम गर्ने र स्वास्थ्य सेवा प्रवाहको दौरानमा अग्र भागमा रहेका काम गर्ने सबैले नेपाली जनताको स्वास्थ्य र आरोग्यतामा पुर्‍याएको विशिष्ट सेवाको पहिचान र सम्मान गर्न चाहेको पनि न्यौपानेले बताए ।

दिगो विकासका लक्ष्यहरूको तेस्रो बुँदामा स्वस्थ जीवन र सबैको आरोग्यता प्रवर्द्धनको विषय समेटिएको छ । यस लक्ष्यमा मातृ स्वास्थ्य, नवजात शिशु, किशोर–किशोरी स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, सर्वव्यापी स्वास्थ्य पहुँच र गुणस्तर तथा सुलभ स्वास्थ्यमा सबैको पहुँच लगायतका महत्वपूर्ण विषयहरू समेटिएका छन् ।

‘दिगो विकासका लक्ष्यहरूमा समेटिएको स्वास्थ्य क्षेत्रको गन्तव्य तथा सूचकहरू कार्यान्वयनमा आएको खण्डमा नेपालका लाखौं व्यक्ति लाभान्वित हुनेछन्,’ न्यौपानेले भने, ‘त्यसैले अब हामीले ढिलाइ नगरी यी लक्ष्यहरूको कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान गर्नुपर्ने समय आएको छ ।’

स्वास्थ्यखबर हेल्थ अवार्ड स्वास्थ्य सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित निर्णायक समितिमार्फत गरिन्छ । यस अवार्ड नेपालका सरकारी तथा सामुदायिक संस्थाहरूमार्फत वा स्वयंसेवी रुपमा सेवा पुर्‍याउनेहरूलाई दिइन्छ । नाफामूलक संस्थाहरूलाई अवार्डको दायरामा समेटिएको छैन ।

‘अवार्डमार्फत नेपालमा स्वास्थ्य सेवामा सेवा प्रवाह गरिरहनुभएका स्वाथ्यकर्मी तथा नीति–निर्माताहरूलाई थप प्रोत्साहित गर्ने कार्यमा नेपाल सरकार, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू तथा अन्तर्राष्ट्रिय समुदायको समेत साथ र स्वामित्व रहनेछ भन्ने विश्वास लिएको छु,’ अनिल न्यौपाने भने ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।  निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिट...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...

असोज १३, २०८०

 घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी ह...

असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले पोखरा–बागलुङ सडकमा गुडिरहेको जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।   बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२...

असोज १३, २०८०

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला प...

असोज १३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।  अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x