११ साउन २०८३, सोमबार

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

महालक्ष्मीसँग मर्जरका लागि स्वीकृति प्रदान
जेठ २६, २०८०
काठमाडौं
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको इन्स्योरेन्सका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा शुक्रवार वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

पाँचौं वार्षिक साधारणसभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा शंकर गौतम तथा दीपक पाण्डेय सर्वसाधारण शेयरधनीहरूको तर्फबाट चौंथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आएका छन् ।
साधारणसभाले ९.८० प्रतिशत शेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । 

null

साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू समेत पारित गरेको छ ।

यस्तै, साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । साथै, मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्