२२ असार २०८३, सोमबार

तराई र पहाडमा अधिक गर्मी

जेठ २७, २०८०
काठमाडौं
तराई र पहाडमा अधिक गर्मी

 नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो। 

यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले बताइन्। 

तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलको भनाइ छ। तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्