३१ असार २०८३, बुधबार

एकतावद्ध भएर अघि बढ्न नेता-कार्यकर्तालाई सभापति देउवाको निर्देशन

जेठ २७, २०८०
काठमाडौं
एकतावद्ध भएर अघि बढ्न नेता-कार्यकर्तालाई सभापति देउवाको निर्देशन
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकतावद्ध भएर अघि बढ्न  पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । 

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रमाथि संकट आउन नदिन पार्टी बलियो बनाउन लाग्नुपर्ने बताएका हुन् । 

पार्टी बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न सिंगो पार्टी पंक्तिलाई उनले आह्वान गरे । 

र्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको उनले बताए । 

‘हाम्रो पार्टी ऐतिहासिक छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी गाउँ, वडा र टोलसम्म पुर्‍याएर मात्रै प्रजातन्त्र बलियो हुन्छ । देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ,' उनले भने, 'त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन ।’

सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए ।

salt training

कमेन्ट गर्नुहोस्