३० असार २०८३, मंगलबार

राष्ट्रपतिको स्वस्थ्यबारे अस्पतालको विज्ञप्तिः २४ घण्टा अब्जरवेशनमा रहने

जेठ ३०, २०८०
काठमाडौं
राष्ट्रपतिको स्वस्थ्यबारे अस्पतालको विज्ञप्तिः २४ घण्टा अब्जरवेशनमा रहने

राष्ट्रपति रामचन्द्र पौडेल २४ घण्टा चिकित्सकको निगरानीमा रहने भएका छन् । अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनी २४ घण्टासम्म अवलोकन (अब्जरवेशन) मा रहने उल्लेख गरेको छ ।

यसअर्थमा पौडेललाई बुधबारसम्म अब्जरवेशनमा राखेर डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका कार्यकारी निर्देशन डा चन्द्रमणि अधिकारीले जारी गरेको विज्ञप्तिम उल्लेख छ । 

पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा अस्पतालमा भर्ना रहेको पनि जनाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए । आजै छातीमा समस्या देखिएपछि पौडेललाई अस्पताल भर्ना गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्