३० असार २०८३, मंगलबार

केएफसी र पिज्जा हटका फास्ट फूडहरू विदेशमै बसेर अर्डर गर्न मिल्ने

जेठ ३१, २०८०
काठमाडौं
केएफसी र पिज्जा हटका फास्ट फूडहरू विदेशमै बसेर अर्डर गर्न मिल्ने

हाम्रो गिफ्ट्स र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरूले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनीय बनाउनका लागि सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

अब विश्वभर छरिएर बसेका नेपालीहरूले नेपालमा रहेका आफन्तलाई उपहार पठाउन सक्नेछन् ।

देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका केएफसी र पिज्जा हटका फास्ट फूडहरू सञ्चालन गर्दै आइरहेको छ ।

देवयानी इन्टरनेशनल नेपाल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्यसम्बन्ध स्थापनाका लागि सम्झौता गरिएको जनाएका छन् ।

यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने कम्पनीको विश्वास छ ।

यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने व्यक्तिहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए ।

‘हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर ग्राहकहरूलाई अझ बढी आनन्दको वातावरण रचना गर्नेछ’ उनले भने ।

यो रणनीतिक गठबन्धनले विश्वव्यापीरूपमा नेपाली समुदायको सेवा गर्ने आफ्नो प्रतिबद्धतालाई झन बलियो बनाउने हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्