
सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्र हत्या गरेको अभियोगमा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्वीर सहितको नक्कली प्रोफाइलबाट उनीहरूबीच भएको अनलाइन कुराकानी सम्पादन गरी, अश्लील तस्वीर र भिडियोमा जोडेर पीडितको आफन्तहरूलाई पठाई समाजमा बदनाम, बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्लेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।