
सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीन/चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन् ।
उक्त बस्तीलाई लक्षित गरी आव २०७६/०७७ देखि शुरु भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ । तस्वीरः सुरेश आचार्य/रासस