२५ जेठ २०८३, सोमबार

विधान अधिवेशनबारे छलफल गर्न जसपाको केन्द्रीय समिति बैठक आह्वान

असार १, २०८०
काठमाडौं
विधान अधिवेशनबारे छलफल गर्न जसपाको केन्द्रीय समिति बैठक आह्वान

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । 

विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ ।

असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते  काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ । 

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । ​

यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्