०३ असार २०८३, बुधबार

स्रोत नखुलेको ३३ लाख रकमसहित १ जना पक्राउ

असार ६, २०८०
काठमाडौं
स्रोत नखुलेको ३३ लाख रकमसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मनाङको ङिस्याङ गाउँपालिका–४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालय हस्तकला नाम गरेको पसलमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली खटिएर पसलमा चेकजाँच तथा खानतलाखी गरेको थियो ।

पसलमा स्रोत नखुलेको रकम ३३ लाख ५० हजार रुपैयाँसहित पसलमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्