२२ जेठ २०८३, शुक्रबार

केन्द्रीय कारागारमा ‘अवैध धन्दा’ चलाएको आरोपमा ३ जनालाई भद्र जेल सारियो

असार ६, २०८०
काठमाडौं
केन्द्रीय कारागारमा ‘अवैध धन्दा’ चलाएको आरोपमा ३ जनालाई भद्र जेल सारियो
फाइल फोटो

केन्द्रीय कारागार सुनधारामा ‘अवैध धन्दा’ चलाएकाे  आरोपमा तीन जनालाई भद्र जेलमा सारिएको छ ।

मानव बेचविखनको अभियोगमा जेल परेका मूल सहायक नकुल तामाङ, लागूऔषधमा जेल परेका बिजुली नाइके शेरबहादुर बस्नेत र अपहरण मुद्दामा जेल परेका लाइब्रेरी सहायक विष्णु पाण्डेलाई भन्द्र जेलमा सारिएको स्रोतले लोकान्तरलाई बतायो ।

कारागार भित्रको सूचना चुहाएको आरोपमा उनीहरूलाई भद्र जेल सारिएको हो ।

लोकान्तरले असार ४ गते ‘केन्द्रीय कारागारभित्रै 'अवैध धन्दा': लागूऔषध र मदिरा बेचबिखन, विरोध गर्नेलाई यातना !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

यस्तै, असार १ गते ‘केन्द्रीय कारागारभित्रै ‘अवैध धन्दा’ : लागूऔषध र मदिरा बेचबिखन, विरोध गर्नेलाई यातना !’ शीर्षकमा अर्काे समाचार प्रकाशन गरेको थियो ।

स्रोतका अनुसार त्यसैलाई आधार मानेर उनीहरूलाई कारागार स्थानान्तरण गरिएको हो । तर उजुरी परेका व्यक्तिलाई जोगाउनका लागि उनीहरूलाई सरुवा गरिएको स्रोतको दाबी छ ।

केन्द्रीय कारागारका जेलर ललित बस्नेतलाई यस विषयमा बुझ्दा उनी बोल्न चाहेनन् । ‘यस विषयमा अहिले म बोल्न मिल्दैन,’ जेलर बस्नेतले लोकान्तरसँग भने ।

पछिल्लो समयमा कारागारमा भएका बेथितिको बारेमा लोकान्तरले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्