२२ असार २०८३, सोमबार

लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद फैसला

कात्तिक २०, २०७४
लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद फैसला
काठमाडौं, २५ पुस– सर्वाेच्च अदालतले लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा कालोमोसो दल्ने दुई जनालाई एक महिना कैद फैसला सुनाएको छ ।

सर्वाेच्च अदातका का न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले कालो मोसो दल्ने कार्यमा संलग्न प्रकाश शाही र चन्द्रप्रकाश बुढालाई कैद सजायको फैसला गरेको हो । उनीहरु दुवै विप्लब माओवादी निकटका विद्यार्थी संगठनका नेता हुन् ।
सर्वाेच्च अदालतमा म्याद तामेली गर्न गएका लोकमानलाई पुस ८ गते उनीहरुले कालोमोसो दलेका थिए ।

फैसलामा न्याय निरुपणको काममा संलग्न वा सरोकार रहने पक्षउपर गरिने कुनै पनि प्रकारको शारीरिक आक्रमण वा बेइज्जतीपूर्ण कार्यलाई अदालतले न्याय सम्पादनमा गरिने हस्तक्षेपको रुपमा बुझ्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्