×

NMB BANK
NIC ASIA

सरकारको आयु

गठबन्धन फेरिने ‘बजार हल्ला’– देउवा सिंगापुरतिर बरालिँदा के पाक्दैछ खिचडी ?

काठमाडाैं | असार १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘चित्त नबुझे गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ’ भनेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवार काठमाडौंमा दिएको एउटा अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाइदिएको छ ।

Muktinath Bank

गठबन्धन फेरिने गाइँगुइँ चलिरहेका बेला गगनको अभिव्यक्तिले राजनीति थप तरंगित बनेको हो । कांग्रेस महामन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तासीन दलका नेताहरूले पनि आशंका व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चित्त नबुझे गठबन्धन फेरिन्छ’ भन्ने कुराको पृष्ठभूमि बाँध्ने क्रममा शनिवार गगनले भनेका थिए, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने बदलिन्छ, नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ ।’


Advertisment
Nabil box
Kumari

गगन तिनै नेता हुन् जसले एमाले–माओवादी गठबन्धन टुट्छ भनेर तिथिमिति नै सार्वजनिक गरेका थिए । संयोग नै मान्नुपर्छ, राजनीतिक घटनाक्रमले त्यस्तै मोड लियो । माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्न पुग्यो । 

Vianet communication
Laxmi Bank

****

शुक्रवार प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको ध्यान सत्ता टिकाउनेतर्फ सीमित रहँदा महत्त्वपूर्ण एजेन्डा ओझेलमा परेको टिप्पणी गरेका थिए ।

प्रमुख सत्ता साझेदार नपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशबाहिर रहेको समयमा हतार–हतार सत्ता गठबन्धनभित्र पनि मोर्चा (समाजवादी मोर्चा) बनाइएको विषयलाई लिएर रविले संसदमा आशंका गरेका थिए ।

‘सरकार जनतालाई राहत दिने र मुलुकका महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित रहनेभन्दा पनि आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारण अल्मलियो । गठबन्धनभित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो । मोर्चामा सरकारमै सहभागी दलहरू छन् । त्यही गठबन्धनभित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकारभित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा किन बन्यो ?’ रविले शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री कार्यालय अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भनेका थिए । 

शुक्रवार नै नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि अध्यक्ष केपी शर्मा ओलीलाई माथ गर्ने खालको अभिव्यक्ति दिए, ‘एमालेले चाहे सरकार क्षणभरमा ढल्छ ।’

गगन र रविलेजस्तो आफैं बोलेको भन्दा पनि बर्तौलाले पत्रकारको प्रश्नमा अभिव्यक्ति दिएका हुन, जुन प्रतिपक्षी दलका सांसदको भाषा नै हो ।

‘वर्तमान सरकार भित्रभित्र थाङथिलो भएको छ । अन्तरविरोध, असमझदारी र अविश्वासले आक्रान्त भएर पूरै मक्किएको छ । थाङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामान्यरूपमा छुँदा पनि ढल्ने अवस्था छ । तर, नेकपा एमालेले त्यो गर्दैन । त्योभित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो । कांग्रेसलाई मार हान्नका लागि हतियार उध्याउनु भयो । एमालेलाई काँग्रेसप्रति माया छ ।’

देउवाको सिंगापुर यात्रा र आशंका 

पेटको उपचारका लागि भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर पुगेका छन् ।

कुनै गम्भीर स्वास्थ्य समस्या नभए पनि देउवा लामो समय सिंगापुरमा बस्दा आशंका गर्नेहरूलाई मलजल मिलिरहेको छ । 

२०६२ मंसिरमा भारतको राजधानी नयाँ दिल्लीमा १२ बुँदे समझदारी भएयता नेपालको राजनीतिका महत्त्वपूर्ण निर्णयहरू अपारदर्शी ढंगले हुने गरेका छन् । 

२०६६ कात्तिक १८ गते तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला उपचारको शिलशिलामा सिंगापुर पुगेका बेला उनलाई भेट्ने बहानामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सिंगापुर पुगेका थिए ।

रुक्माङ्गद कटुवाल प्रकरणमा सत्ताबाहिर पुगेर आन्दोलन गरिरहेको माओवादीका अध्यक्ष प्रचण्डले त्यहाँ कोइरालाका अतिरिक्त अन्य विदेशी प्रतिनिधिसँग पनि वार्ता गरेको आरोप लागेको थियो । 

७ पटक प्रधानमन्त्री बन्ने योग रहेको दाबी गर्ने देउवा प्रधानमन्त्री बन्न लालायित छन् । त्यही लोभका कारण पूर्वसहमति अनुसार प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार नभए पनि पुस १० गते गठबन्धन फेरिएको थियो । राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न माओवादी तयार भएपछि फेरि कांग्रेस–माओवादीको गठबन्धन बनेको थियो । 

माओवादीले आफूलाई दिएको धोकाको प्रतिशोधमा एमालेले कुनै पनि बेला कांग्रेसलाई सरकारमा समर्थन गरिदिने संशय माओवादीमा छ । एमाले स्रोतका अनुसार तत्कालै सरकार परिवर्तन गर्नेगरी कांग्रेससँग ठोस छलफल भने भएको छैन ।

९ महिने किस्ता र समाजवादी मोर्चाको सहारा

केपी ओली नेतृत्वको दोस्रो कार्यकालको सरकारलाई अपवाद मान्दा नेपालमा कम्युनिस्ट सरकारको आयु सरदर ९ महिना रहेको छ ।

देशभित्रको आन्तरिक राजनीतिक समीकरणभन्दा पनि बाह्य शक्तिकेन्द्रको इसारामा सरकार फेरबदल हुने गरेको विगतको अनुभव छ ।

२०७९ पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारले भर्खर ६ महिना पूरा गरेको छ । यहीबेला सरकार फेरबदल गर्ने ढंगले नै गतिविधि भइरहेका छन् । समाजवादी मोर्चामा नसमेटिएको झोकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत संसद्का प्रमुख दलहरूको संयुक्त सरकारको वकालत शुरू गरेका छन् । 

गोरखामा आफ्नो निर्वाचन क्षेत्र छाडेर चुनाव जिताए पनि समाजवादी मोर्चामा आफूलाई बाइपास गरिएपछि प्रचण्डसँग बाबुराम क्रुद्ध देखिएका छन् ।

भट्टराईले संसद्को कार्यकालभरी नै प्रमुख दलको संयुक्त सरकार गठनको वकालत गरेका छन्, सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेर ।

यता नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भने अहिले गठबन्धन फेरिने कुनै सम्भावना नरहेको बताउँछन् ।

‘जुन उद्देश्यले गठबन्धन बनेको थियो, त्यो उद्देश्यमा गठबन्धनमा आबद्ध दलहरू प्रतिबद्ध छन्, कुनै नेताले व्यक्त गरेको असन्तुष्टिले सरकारलाई कुनै अप्ठ्यारो पर्दैन,’ पौडेलले लोकान्तरसँग भने । 

पौडेलले सरकार अप्ठ्यारोमा नरहेको दाबी गरे पनि माओवादीकै अरू नेताहरू भने गठबन्धनका सबै दललाई मिलाएर लैजान कठिन परिरहेको स्वीकार्छन् । बजेट नसच्याए पास गर्न नदिने भनेर नेकपा एस र जसपाले समेत दबाब सिर्जना गरिरहेका छन् ।

‘फरक राजनीतिक पृष्ठभूमिका दललाई समेटेर प्रधानमन्त्रीले मुलुकलाई गति दिइरहनुभएको छ, देशमा अस्थिरता चाहने तत्त्वले सरकार बदल्ने प्रपञ्च गरे पनि सफल हुँदैन,’ माओवादीका अर्का एक पदाधिकारीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x