×

NMB BANK
NIC ASIA

‘एक घर, एक धारा’ कार्यक्रमले फेरियो दैनिकी

गुल्मी | असार १२, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु हर्रेका ४८ वर्षीया गाजली सुनारलाई पहिले–पहिले एक गाग्रो पानी ल्याउन घण्टौं धाउनुपथ्र्यो । 

Muktinath Bank

पानी ल्याउनकै लागि उनी सोरपानी, दारेगौडा लगायतका स्थानमा पुग्ने गर्थिन् । जाँदा बित्तिकै पालो पाइए कम्तीमा आधादेखि एक घण्टा समय खर्चनुपथ्र्यो । तर अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा गाजलीको दैनिकी फेरिएको छ । “बिहानभरि पानीकै लागि समय खर्चनुपथ्र्यो, समय धेरै, पानी कम हुन्थ्यो”, उनले भनिन्, “अहिले घरमै पानी आउँदा निकै सहज भएको छ ।” गत वैशाख १ गतेदेखि उनको घरमा बिहान ६ देखि ९ बजेसम्म दैनिक तीन घण्टा नियमित पानी आइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वस्तुकै मखमली सुनारलाई पनि अहिले पानीकै लागि समय खर्चनुपर्ने बाध्यता छैन । घरमै पानी आएपछि पिउनका साथै खाना पकाउन, भाडा माझ्न, नुहाउन, कपडा धुन, गाई बाख्रालाई दिन एवं तरकारी लगाउन समेत सहज भएको सुनारको भनाइ छ । “खोलाको पानी घरमा आउला भन्ने लागेको पनि थिएन”, उनले भनिन्, “पानी आएसँगै आधाभन्दा धेरै काम घटेको छ ।” 


Advertisment
Nabil box
Kumari

घरमा पानी आएसँगै घर गृहिणीमात्र होइन, विद्यार्थीलाई पनि सहज भएको छ । पानीकै लागि घण्टौं समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन् । “पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन ।” हिमालय माविमा कक्षा ६ मा पढ्ने छात्रा निशा विकले भनिन्, “अहिले पढाइमा धेरै राहत मिलेको छ ।” घरमै पानी आएसँगै अहिले विद्यालय पोसाकसमेत घरमै धुन पाएको विकको भनाइ छ ।

Vianet communication
Laxmi Bank

वस्तुमा ‘वस्तु लिफ्टिङ खानेपानी आयोजना (चिलिखोला, बिसानैना, पात्ला, हर्रे) सम्पन्न भएसँगै एक सय आठ घरमा खानेपानीको धारा पुगेको छ । “विद्यार्थी समयमै विद्यालय पुगेका छन्, गृहिणीको समय बचत भएको छ”, खानेपानी योजनाका उपभोक्ता समिति सह–सचिव चुरामणि घर्तीले भने, “घरमै पानीको धारा पुगेसँगै स्थानीयको दैनिकी फेरिएको छ ।” उक्त योजना सम्पन्न गर्नका लागि धुर्कोट गाउँपालिकाको आठ लाख, प्रदेश तथा सङ्घबाट ८६ लाख ४९ हजार ६ सय २४ र उपभोक्ताको सात लाख नौ हजार गरी जम्मा एक करोड एक लाख ५९ हजार तीन सय २४ खर्च भएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए ।

अहिले वस्तुमा मात्रै पाँच सय ३३ घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्‍याउने गरी विभिन्न आयोजना सञ्चालन गरेको छ । “अहिलेसम्म पालिकाभरिका तीन हजार ६ सय ५० घरमा पानीको धारा पुगेको छ, दुईवटा ठूला आयोजना निर्माणाधीन छन् ।” गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, “आगामी दुई वर्षभित्र सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य छ”, उनले सङ्घबाट बजेट घटेर आउँदा भने काममा समस्या आउन सक्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x