×

NMB BANK
NIC ASIA

कोशीमा हात्ती आतंक

हात्तीको उपद्रोले स्थानीय जनप्रतिनिधिदेखि प्रहरीसम्म हैरानीमा, ‘मजाक’मा मुख्यमन्त्री !

काठमाडाैं | पुस १४, २०८०

NTC
Sarbottam
तस्वीरः सामाजिक सञ्जाल ।
Premier Steels
Marvel

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर राखेको पराल अहिले नै सकिएको छ । तर गाईबस्तुले खाएर भने होइन । जंगली हात्ती भगाउन पराल बाल्नु परेकाले सकिएको हो । ‘पटक–पटक आएक हात्तीका हुलले १ बिगाहाभन्दा बढी क्षेत्रमा लगाएका सबै मकै सके,’ ‘हात्ती आएर मकै खान थालेपछि भगाउनका लागि पराल बाल्ने गरेककी छु । सधैँ १ वर्षलाई पुग्ने पराल अहिले नै सकिन लाग्यो ।’

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलबारी– १ का मंजिल मगर राति नसुतेको १ महिना भयो । केराबारी, लेटाङ र बेलबारीको संगमस्थल रहेको सो वडाका युवाहरू रातभरि पालो आगो बालेर पालो गरी–गरी जाग्राम बस्ने गरेका छन् । गाउँमा हात्ती पस्न नदिनका लागि साँझदेखि नै आगो बालेर बस्ने गरेको मगरले सुनाए । 


Advertisment
Nabil box
Kumari

यस्तै बेलबारी– १ कै दिनेश थापाले पनि राति सुत्न पाएका छैनन् । हात्ती पटक–पटक आएर ३ बिगाहाभन्दा बढी क्षेत्रफलमा लगाएको केरा बगान नष्ट गरेपछि उनी बगानतिरै हेरेर आफूले रात काट्ने गरेको उनले बताए । ‘केही बोट मात्रै बचेका छन्,’ थापाले भने, ‘अब हात्ती नआइदिएदेखि बेर्ना उत्पादन गर्न मिल्ने थियो ।’ हात्तीले केराको जरैदेखि खाने गरेकाले ठूलो क्षति हुने गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

null 

हात्ती आतंकका कारण विगत डेढ महिनायता मोरङको सुन्दरहरैँचा, बेलबारी, कानेपोखरी र पथरीमा जनप्रतिनिधि रातभरी सुत्न सकेका छैनन् । प्रहरीलाई पनि उत्तिकै हैरानी छ । साँझ पर्नासाथ हात्ती धपाउन कुद्नुपर्छ ।

राति मोबाइलमा घण्टी बज्नासाथ बेलबारी– १ का वडाध्यक्ष मणि पुलामी तर्सिने गरेका छन् । फोन आउनासाथ हात्तीले कहाँ बिगार गर्यो भन्ने डर हुन थालेको उनले सुनाए । फोन आउनेबित्तिकै दमकलदेखि प्रहरीसम्मलाई बोलाउने गरेको उनले बताए । ‘राति फोन आउँछ, गएन भने जनता रिसाउँछन्,’ वडा अध्यक्ष मगरले भने ‘जनप्रतिनिधि भएको नाताले दिनरात सुत्न नपाउने अवस्था छ ।’ 

साँझ पर्नासाथ हात्ती आतकको फोन आउने गरेकाले करिब १ महिनायता हात्तीकै पछाडि कुद्नु परिरहेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए । जंगलमा खानेकुरा सकिएका कारण हात्ती साँझ पर्नै नपाइ किसानले लगाएको बाली नालीमा पस्ने गरेको जानकारहरू बताउँछन् । बेलबारीको बेतना सिमसारको क्षेत्रमा २८–३० वटा हात्ती बस्ने गरेको स्थानीयको भनाइ छ ।

null 

डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेका अनुसार अहिलेसम्म हात्तीले २० जना किसानहरूको घर तथा बालीनालीमा क्षति पुर्याएको छ । यस्तै झापा, मोरङ र सुनसरीमा गरी ६ जनाको ज्यान पनि लिइसकेको छ । शुक्रवार मात्र १ जनाको ज्यान गएको थियो ।

मोरङमा यति ठूलो समूहमा लामो समय हात्ती बसेको २०–२५ वर्षयताकै पहिलोपल्ट भएको घिमिरे बताउँछन् । झण्डै आधा दर्जन हात्तीका छावा रहेका कारण धेरै समय यही क्षेत्रमा तिनीहरूले टिकिरहेको उनले बताए । छावा टाढा हिड्न नसक्ने भएकाले माउ हात्तीहरू भारत नफर्किएर यतै अल्मलिएको उनको आकलन छ ।

अहिले हात्तीले दुःख दिइरहेको क्षेत्र पहिला हात्ती बासथान नै रहेको हात्तीविज्ञ अर्जुन कार्कीको भनाइ छ ।  अहिले हात्ती भएका क्षेत्रहरू पहिला हात्तीले नै विचरण गरेकै ठाउँ रहेको उनी बताउँछन् । 

मुख्यमन्त्रीको आश्वासनः अब हात्ती देखाएर पर्यटक ल्याउने, पैसा कमाउने 

null

केही समयअघि बेलबारी पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्तीले पुर्याएको क्षतिबापतको रकम भोलि नै दिने आश्वासन दिएका थिए । आफ्नो दल नेपाली कांग्रेसका नेता–कार्यकर्तासहित त्यहाँ गएका मन्त्रीले आश्वासन दिएको तर पूरा नगरेको स्थानीयको गुनासो छ । ‘मुख्यमन्त्रीले आएर आश्वासन दिनुभयो,’ शान्ता निरौलाले भनिन्,‘ त्यसपछि न उहाँसँग आएका कार्यकर्ता आए, नत्र पैसा नै आयो ।’

बेलबारीमा आश्वासन बाँडेर झापा पुगेका मुख्यमन्त्री कार्कीले हात्ती कोरिडोर बनाउने र पर्यटक भित्र्याउने भाषण ठोके । हात्तीसँग फोटो खिचेबापट आम्दानी गर्ने उनको भनाइ थियो । मुख्यमन्त्रीले विभिन्न आश्वासन दिएको तर हात्ती धपाउन भने कुनै चासो नदिएको भन्दै स्थानीय भने रुष्ट बनेका छन् । 

‘कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट हात्ती कोरिडोर क्षेत्रका लागि सम्भाव्यता अध्ययन गर्न राखेको भनेर मुख्यमन्त्री प्रचार गर्नुहुन्छ’, शान्ताले भनिन्, ‘तर हामीलाई भने मल–बिउ किन्ने पैसा चाहिएको छ, उहाँको भाषण होइन ।’ कतिपय हात्तीबपीडितले त हात्तीको क्षतिलाई मुख्यमन्त्रीले ‘मजाक’ गर्न खोजेको भन्दै गुनासो गरेका छन् । 

दमकलदेखि डराउन छाडे हात्ती 

null

बेलबारी नगरपालिकाले हात्ती धपाउन दमकल र एउटा पिकअप गाडी प्रयोग गर्ने गरेको थियो । पिकअपमा साइरन जडान गरिएको छ । तर पछिल्लो समय दमकलको आवाज आउँदा पनि हात्ती नभाग्ने गरेको उपप्रमुख (उपमेयर) नितु थापा कोइरालाले बताइन् ।

‘हात्ती गाउँमा पस्न थाल्यो भन्ने सुन्नासाथ हामीले दमकल पठाउने गरेका थियाैं  । १–२ दिन भागे पनि । अहिले थेत्तरा भएछन्, भाग्न छाडे ।’ 

तर दमकलसँगै बालबच्चाहरू पनि हात्ती खेदाएको हेर्न जान थालेको  यसले थप दुर्घटना हुने डर पैदा गरेको उनले बताइन् ।

प्रभावकारी बन्दै ड्रोन

null 

बेलबारी– १ मा अनिल प्रधानले ड्रोनको प्रयोगबाट एकैरात १८ वटा हात्ती भगाए । रातको समयमा बस्तीमा छिरेका हात्तीलाई पहिलो पटक ड्रोन उडाएर खेदाएका हुन् ।  ड्रोन उडाउँदा हात्ती कान हल्लाउँदै पुच्छर ठाडो पारेर कराउँदै दौडिएको उनले जानकारी दिए । 

ड्रोन प्रयोगमा २ जना मानिस लाग्ने र यसरी हात्ती लखेट्न सकिने प्रधानको भनाइ छ । ‘हात्ती गाउँतिर आएमा छेकेर जंगलतिरै पठाउने गरिएको छ । ड्रोन ५ सयदेखि १ हजार फिट माथि र २ किलोमिटर टाढासम्म पुग्न सक्छ,’ उनले भने, ‘एउटै ड्रोनले लक्ष्मीमार्गको केराबारीमा १५ वटा हुलको हात्ती भगायौं ।’ दैनिक १५–१६ पटक हात्ती धपाउने गरेको उनी सुनाउँछन् । तर यो प्रविधि पनि दमकल जस्तै हुने विज्ञहरू बताउछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

असोज २६, २०८०

डम्मर बुढामगर पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न था...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x