×

NMB BANK
NIC ASIA

मन्त्री-कर्मचारी आमनेसामने

काम देखाउने बेला पर्यटनमा भाँडभैलो, प्राधिकरण र निगमसँग मन्त्रीको टसल

काठमाडाैं | असार १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत काम देखाउने मुख्य निकायसँगै पर्यटन मन्त्री सुदन किरातीको टकराव बढेको छ । मन्त्रीसँग पर्यटनको खम्बा मानिने नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको टसल सतहमै देखिने गरी छरपस्ट भएको छ । 

Muktinath Bank

पर्यटन मन्त्री किरातीले जिम्मेवारी सम्हालेको ५ महिना पूरा भएको छ । ३ माघ २०७९ मा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका किरातीले पर्यटन क्षेत्रका बारेमा आवश्यक ज्ञान हासिल गरेर दीर्घकालीन महत्त्वका निर्णय गर्ने बेलामा काम लिने निकायसँग द्वन्द्व बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन दिएर काम देखाउने र आम नागरिकले रुचाएको काम गरेर फरक हुने अवसरमा मन्त्री चुक्न थालेका छन् । यसअघिकै नेतृत्वलेझैं मातहतका निकायमा कर्मचारी फेरबदल गर्ने खेलमा लागेको आरोप मन्त्रीमाथि लाग्न थालेको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयअन्तर्गत मुख्य निकाय मानिने नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको विवाद सतहमै देखिएको छ । २८ जेठमा किरातीले मन्त्रीस्तरीय निर्णय गरेर निजी क्षेत्रको सिम्रिक एयरलाई हेलिकप्टरको उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) सञ्चालन गर्न दिनू भन्दै प्राधिकरणमा पत्र पठाए ।

Vianet communication
Laxmi Bank

मन्त्रीले व्यक्तिगत स्वार्थमा सिम्रिक एयरलाई हेलिपोर्ट सञ्चालन गर्न दिन खोजेको र उड्डयन कानूनको धज्जी उडाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उनलाई टेरेन । 

आफ्नो निर्णय नटेर्ने भएपछि मन्त्री किरातीले यही निहुँमा प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीलाई ११ जेठमा ७ दिने स्पष्टीकरण सोधे । मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भन्दै प्राधिकरणले मन्त्रीको निर्णयलाई अस्वीकार गरेर सिम्रिकलाई हेलिपोर्ट बनाउन नदिने बतायो ।

पर्यटन मन्त्री किराती र उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच यो असामञ्जस्यता व्यक्तिगत मनमुटावबाट शुरू भएर संस्थागत रूपमा बाहिरिएको देखिन्छ । 

मन्त्रीसँगको समन्वयविना नै प्राधिकरण महानिर्देशकको हैसियतले काम गर्न थालेपछि अधिकारीसँग व्यक्तिगत मनमुटाव शुरू भएको प्राधिकरणका एक कर्मचारी बताउँछन् । अधिकारीले पेरिस एयर शोमा जाँदा र प्रधानमन्त्रीको भारत भ्रमणमा जाँदा मन्त्रीसँग समन्वय नगरेको भन्ने बहाना अहिले मनमुटावको बिउ बन्न पुगेको मन्त्री र महानिर्देशकको गतिविधि नियालिरहेको पर्यटन सम्बद्ध स्रोतले बतायो । 

स्रोतले भन्यो, ‘मन्त्रीले आफूलाई सर्वेसर्वा ठाने, तर उड्डयन क्षेत्र बुझ्ने प्रयास पटक्कै गरेनन्, सीमित व्यक्तिको स्वार्थका एजेन्डालाई बोक्न थाले, जसले गर्दा उड्डयन प्राधिकरण र वायुसेवा निगम दुवै निकायसँगको असन्तुष्टि पोखिन थालेको हो ।’

मन्त्रीले उड्डयन क्षेत्र बुझ्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र कानूनी दायराभित्र बसेर काम गर्न नसक्दा समस्या देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउँछन् ।

‘मन्त्रीले हवाई क्षेत्र के हो ? कसरी काम हुन्छ ? नियम कानूनले के भनेको छ  ? भन्ने विषयको गम्भीरता नबुझेको देखिन्छ,’ अधिकारीले भने, ‘मन्त्री आफैं जिम्मेवार व्यक्ति हुन्, तर उनले देशको उड्डयन क्षेत्रमा देखिएको कमजोरीलाई सुधार गर्नुपर्नेमा उल्टै बाहिरसम्म नै बिग्रिएको भन्दै हिँडेको देखियो । नेपालको हवाई उड्डयन कालोसूचीमा छ, सुरक्षा व्यवस्था खत्तम छ भन्दै अन्तर्राष्ट्रिय फोरममा बोल्नु गलत हो । मन्त्रीको गलत गतिविधिलाई गलत भयो भन्दा व्यक्तिगत इगो लिने काम मात्रै भएको देखियो ।’

हवाई क्षेत्रको विकासमा योगदान गर्न सक्ने र मन्त्रीले काम देखाउन सक्ने अर्को निकाय नेपाल वायुसेवा निगम हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि उनले सार्वजनिक कार्यक्रमबाटै गाली गर्ने गरेका छन् ।

निगमले आफूले भनेजस्तो काम नगरेको भन्दै किरातीले स्पष्टीकरण सोध्नेदेखि निगमका लागि उपयुक्त व्यक्ति नभएको भन्ने टिप्पणीसमेत गर्न भ्याइसकेका छन् ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भने आफूले काम गरिरहेको बताउँछन् ।

वायुसेवा निगमको नियमित कामबाहेक व्यक्तिगत दबाब नआएको र मन्त्रीको निर्देशनअनुसार नै काम गरिरहेको उनले बताए । मन्त्रीले आफूविरुद्ध बोलेको र टीकाटिप्पणी गरेको विषयमा थप नबोल्ने उनको भनाइ छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार पर्यटन बोर्ड र वायुसेवा निगम दुवैका कार्यकारी प्रमुखलाई यसअघिका मन्त्री प्रेम आलेले हटाउन खोजेका थिए । आलेको निर्णयविरुद्ध अदालत गएका दुवैले अन्तरिम आदेश लिएर आए ।

अदालतको आदेश पाएर पुनःस्थापना भएको निकायका पदाधिकारी चलाउन नमिल्ने भएकाले मन्त्री किरातीले प्राधिकरणलाई चलाएको दाबी मन्त्रालय स्रोतको छ ।

मातहतका निकायलाई जिम्मेवार बनाउनुपर्छ, अटेर गर्नेलाई हटाउन पनि सकिन्छ : मन्त्री किराती

पर्यटन मन्त्री किरातीले भने पर्यटन मन्त्रालय मातहतका निकायलाई जिम्मेवार बनाउन खोजिएको बताएका छन् । किरातीले लेकान्तरसँग भने, ‘मातहतका निकायको कार्ययोजना माग्नु, सरकारको निर्णय कार्यान्वयन गर्न लगाउनु र कानूनी काम गर भन्नु मन्त्रालयको दायित्व हो । मातहतका निकायलाई जिम्मेवार बनाउनु, स्पष्टीकरण सोध्नु नियमित विषय हुन् । जिम्मेवारी पूरा नगर्ने र अटेर गर्ने पदाधिकारीलाई हटाउनु पनि पर्छ ।’

मातहतका निकायबाट असहयोग हुनु भनेको काम गर्ने र नगर्नेबीचको संघर्ष भएको उनको तर्क छ । मन्त्री किरातीले भने, ‘म काम गर्नुपर्छ भन्छु, मातहतका निकायले कामै गर्दैनन्, काम गर भन्दा उल्टै असहयोग गर्‍यो भनेर फलाक्दै हिँड्छन् ।’ 

राज्यले लिएको नीतिलाई कार्यान्वयन गराउने र उड्डयन क्षेत्रलाई ईयूले राखेको कालोसूचीबाट हटाउने प्रयास पनि भइरहेको उनको भनाइ छ ।

यही प्रयासस्वरूप उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक गरी दुई भागमा विभाजन गरेर काममा सहजीकरण गरौं भन्दा ‘नकाम’ गर्नेहरूले अटेरी गरेको मन्त्री किरातीको भनाइ छ ।

‘राज्यको नीति नियम कार्यान्वयन गराउन, संसदीय समितिको निर्देशन पालना गर्न, आइकाओले उठाएको प्रश्नलाई समाधान गर्न खोजेको र हवाई सुरक्षालाई सुधार गर्ने प्रयास गर्दा नटेर्ने निकायका कारण समस्या देखिएको हो,’ मन्त्री किरातीले थपे ।

संविधानमा भएको व्यवस्था र ऐन कानूनले दिएको अधिकारलाई प्रयोग गरेर उड्डयन क्षेत्र सुधार्न खोजेको तर्क किरातीले लोकान्तरसँगको कुराकानीमा गरेका छन् ।

किरातीले भने, ‘राज्यलाई आवश्यक हो भने निजी क्षेत्रलाई विमानस्थल बनाउन दिनुपर्छ । आवश्यकता हो भने हेलिपोर्ट बनाउन पनि दिनुपर्छ, निजी क्षेत्र भनेर रोक्नु हुँदैन ।’ 

उनले थपे, ‘प्राधिकरणलाई हामीले ऐन र कानूनी सीमाभित्र रहेर गरेको निर्णय कार्यान्वयन गराउन लगाउने हो । उसले लयमा काम गर्नुपर्छ । कानूनबाहिर जाने छुट मन्त्री वा कर्मचारी कसैलाई पनि छैन ।’

किरातीले वायुसेवा निगमका अध्यक्षले पनि कानून हेरेर काम नगरे स्पष्टीकरण सोध्ने तथा देश र जनताको पक्षमा काम गराउन लगाउने गरेको बताए । 

‘कर्मचारी हटाउने र राख्ने कुरा गरेको होइन, मातहतका निकायलाई काममा जिम्मेवार बनाउन खोजेको हो । देश बनाउने काममा लाग्नुपर्छ, ठूला आयोजनाबाट कमिसन खाने ध्याउन्नमा मात्र लाग्नु हुँदैन भनेको हो,’ उनले थपे ।

कानूनको दायरामा रहेर काम नगर्नेहरूले काम गर्ने मान्छेलाई बाटो छाडिदिनुपर्ने उनको तर्क छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x