२२ असार २०८३, सोमबार

गायक एवं अभिनेता तामाङको निधनमा सेलिब्रिटीद्वारा शोक व्यक्त

असार २०, २०८०
काठमाडौं
गायक एवं अभिनेता तामाङको निधनमा सेलिब्रिटीद्वारा शोक व्यक्त

चर्चित रकस्टार तथा अभिनेता रोविन तामाङको निधनमा नेपाली कला क्षेत्र स्तब्ध बनेको छ । ६० वर्षीय उनको मंगलवार बेलुका बुढानिलकण्ठस्थित घरमा निधन भएको हो । 

गायक एवं अभिनेता तामाङको निधनको खबरसँगै उनका फ्यान एवं नेपाली सेलिब्रिटीहरू स्तब्ध बनेका हुन् । 

उनको निधनमा शुभचिन्तक, संगीतकर्मी, अभिनेता, फ्यानदेखि सांसदसम्मले श्रद्धासुमन व्यक्त गरिरहेका छन् । रकस्टार अभया सुब्बाले रोविनको निधनलाई एक युगको अन्त्य भएको बताएकी छन् । उनले रोविनलाई आफूले चिनेको सबैभन्दा राम्रो रकस्टार भएको बताएकी छिन् । 

हरिवंश आचार्य, सुनिल थापा, राजेशपायल राई, सविन राई, निमा रुम्बा, शिव परियार, दीपकराज गिरीलगायतका थुप्रै कलाकारले रोविनको निधनमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । विभिन्न व्याण्डले पनि रोविनको निधनमा दुख व्यक्त गर्दै गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पनि रोविनको निधनमा शोक व्यक्त गरेका छन् । 

रोविन एण्ड द रिभोलुसन ब्याण्डका संस्थापक रहेका रोविनका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । 

उनी पछिल्लो समय नेपाली फिल्म अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । ‘छड्के’, ‘जय परशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘नाका’, ‘वान वे’, ‘दाल भात तरकारी’ लगायतका एक दर्जन बढी नेपाली फिल्ममा उनले अभिनय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्