२९ असार २०८३, सोमबार

एक लाख २५ हजार घुससहित सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी पक्राउ

असार २०, २०८०
काठमाडौं
एक लाख २५ हजार घुससहित सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी पक्राउ
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्झी गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई पक्राउ गरेको छ ।

उनीहरू दुवैजनालाई एक लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा घुस रकम लिएको अख्तियारको दाबी छ । उनीहरूलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्