२६ असार २०८३, शुक्रबार

उपभोक्ता समितिको ६ लाख ५० हजार चोरेको आरोपमा वीरेन्द्रनगरका वडाअध्यक्ष पक्राउ

असार २४, २०८०
काठमाडौं
उपभोक्ता समितिको ६ लाख ५० हजार चोरेको आरोपमा वीरेन्द्रनगरका वडाअध्यक्ष पक्राउ

सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतवार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए ।

यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो । 

उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रु ६ लाख ५० हजार लुटेको आरोप लागेको छ । 

यस्तै, सो उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रवार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्