२२ असार २०८३, सोमबार

धादिङको गल्छीमा अनियन्त्रित ट्रक ४ वटा गाडीसँग ठोक्कियो, दुई जना घाइते

असार २४, २०८०
काठमाडौं
धादिङको गल्छीमा अनियन्त्रित ट्रक ४ वटा गाडीसँग ठोक्कियो, दुई जना घाइते
तस्वीर : सन्तोष खतिवडाको फसबुकबाट

धादिङको गल्छीमा एउटा ट्रक अनियन्त्रित भइ अन्य ४ वटा गाडीसँग ठाेक्किँदा दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट मलेखुका लागि छुटेको ना ६ ख ५२०८ नम्बरको ट्रक अनियन्त्रित भइ विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक, यात्रु बस र ग्याँसको बुलेटलाई ठोक्किएको थियो ।

दुर्घटनामा ठक्कर दिने ट्रकका चालक र अर्का एक जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजमार्ग एक तर्फीरुपमा सञ्चालन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्