३२ असार २०८३, बिहीबार

बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाइते

असार २५, २०८०
काठमाडौं
बैतडीमा बस दुर्घटना हुँदा ३९ जना घाइते

बैतडीमा बस दुर्घटना भएको छ । बैतडीको पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस सोमवार दिउँसो मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा ३९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्यालयका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस सडकबाट अन्दाजी तीन/चार सय मिटर तल खसेर रुखमा अड्किएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्